बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रेस स्वतन्त्रता विरोधी विद्येयक पारित हुन दिँदैनौं : नेकपा नेता शर्मा

प्रेस स्वतन्त्रता विरोधी विद्येयक पारित हुन दिँदैनौं : नेकपा नेता शर्मा


  • Dhorpatan News
  • जेष्ठ ४ २०७६, शनिबार

काठमाडौं, ४ जेठ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संविधानविपरित र प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विद्येयक राष्ट्रियसभाबाट पारित नहुने स्पष्ट पारेका छन् ।यद्यपी, शर्माले उक्त विद्येयक राष्ट्रिय सभामा नआएको स्पष्ट पारे । शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘यो विद्येयक राष्ट्रिय सभाको सम्पत्ति भएको छैन । अहिले नै यसबारेमा यस्तो किसिमको चर्चा तथा परिचर्चा गर्न आवश्यक छैन । विद्येयकमा कुनैपनि वाक्यमा प्रेसलाई कुण्ठित गर्ने, वञ्चित गर्ने र संकुचन गर्ने खालेको आयो भने हामी त्यसलाई पारित नै गर्दैनौं ।’संविधानको मूल्य र मान्यताअनुसारनै विद्येयक आउनुपर्ने उनको जोड थियो । तर, विद्येयक आउनु बेठिक नभएको उनले स्पष्ट पारे । प्रमुख प्रतिपक्षी दल र पत्रकारहरुले विद्येयकका बारेमा कुरा उठाउनु बेठिक नभएको पनि उनले तर्क गरे । उनले भने, ‘संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभ्ूुति गरेको छ । त्यही भएर यसलाई ठूलो ईस्यु बनाउनुहुँदैन ।’शर्माले मिडियापनि मर्यादित बन्नुपर्ने सुझाए । उनले भने, ‘नेपाली समाजलाई समुुन्नत समाज निर्माण गर्न मिडियाको ठूलो भूमिका हुन्छ । सबै मिलेर अघि बढ्नुपर्छ ।’ संविधान विपरितका कुनैपनि ऐन तथा कानुनहरु पारित नहुने उनले ठोकुवा गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->