बागलुङ,४ जेठ – आलु उत्पादनको पकेट क्षेत्र बागलुङको ताराखोलाका किसानहरुले आलू खन्न सुरु गरेका छन । जेठदेखि असारसम्म कृषकहरुले आलू खन्ने गर्दछन । ताराखोलाको आलू निकै स्वादिलो हुने र बजार मागपनि अत्याधिक भएपछि कृषकहरुले व्यवसायिक रुपमा आलू खेती गर्दै आएका छन । यहाँ उत्पादन भएको आलु बागलुङ लगायत, कुश्मा, पोखरा, काठमाडौं लगायतका बजारमा बिक्री हुने गरेको छ ।
तस्वीर : अमृत मगरको फेसबुकबाट





