बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

होमस्टे संचालका लागि रु.४ करोड २० लाख

होमस्टे संचालका लागि रु.४ करोड २० लाख


  • Dhorpatan News
  • जेष्ठ ६ २०७६, सोमबार

पर्वत, ६ जेठ – पर्वतका विभिन्न गाउँमा होमस्टे (घरवास) संचालनका लागि ४ करोड २० लाख रुपीयाँ वितरण गरिएको छ । ४२ वटा होमस्टे संचालका लागि १० लाखका दरले रकम वितरण गरिएको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ । नयाँ खोलिएका होमस्टेको नयाँ संरचना बनाउन र पुराना होमस्टेको स्तरोन्नतीका लागि सो रकम वितरण गरिएको डिभिजन वन कार्यालय पर्वतका डिभिजनल वन अधिकृत अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बनाएको निर्देशिका अनुसार खर्च गर्नेगरि सो रकम वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशले यो वर्षको बजेटमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्न तीन सय गाउँलाई नमूना पर्यटकीय गाउँका रूपमा विकास गर्ने र होमस्टे पूर्वाधार विकासका लागि अनुदान दिने कार्यक्रम प्रदेश सरकारले अघि सारेको थियो । मन्त्रालयले ग्रामीण पर्यटन विकास, प्रवद्र्धन गर्नका लागि यस्तो कार्यक्रम अघी सारेको र सोही अनुदान वितरण गरेको हो । यसरी वितरण गरिएका सामुदायिक होमस्टेलाई व्यवस्थापन गर्न घरबास सञ्चालन कार्यबिधी अनुसार काम गरिने डिभिजनल वन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । हामीलाई प्राप्त कार्यबिधी अनुसार वितरण गरेका छौं उहाँले भन्नुभयो–पहिलो किस्ताको रकम वितरण भईसकेको छ । विगतदेखि संचालनमा रहेका होमस्टेहरुले समेत अनुदान लगेर पूर्वाधारका कामहरु गरिरहेको बताईएको छ ।
पुरानालाई स्तरोन्नती गर्ने र नयाँ संचालन भएकालाई व्यवस्थित गराउने कार्यमा अनुदान खर्च गरिने श्रेष्ठको भनाई छ ।जिल्लाको भूक, देउराली, दुर्लुङ, क्याङ, ठूलीपोखरी, खौला, आर्थर, पकुवा, तिलाहार, राम्जा, थापाठाना, बाँसखर्क, बनौँ, भोक्सीङ, पाखापानी, लुंखु, बालाकोट, भोर्ले, त्रिवेणी, हुवास, शालिग्राम, उरामपोखरा, बर्राचौरमा पुराना तथा नयाँ होमस्टेहरु संचालनमा रहेका छन् ।
धार्मिक, सांस्कृति, भौगोलिक र ऐतिहासिक पर्यटकीय स्थलहरु रहेका ठाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गरि रोजगारी बढाउने तथा बजार पलायन रोक्न गाउँ गाउँमा यस्ता कार्यक्रम संचालनमा ल्याइएको हो । गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तिरक भ्रमण वर्षको रुपमा मनाउने र यस अवधिमा गण्डकी प्रदेशभित्र करीब १५ लाख पर्यटकहरु भित्रयाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->