पर्वत, ७ जेठ – गण्डकी प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले अब पढेलेखेकाले पनि कृषिकाम गर्नु पर्ने बताएका छन । हिजो पर्वतको विहादी गाउँपालिका ४ स्थीत लिङ्सियामा गण्डकी प्रदेश सरकार द्वारा आयोजित किसान संग कृषि मन्त्री कार्यक्रममा मन्त्री थापाले सो कुरा बताएका हुन ।मन्त्री थापाले भने, पढेलेखेकाले कृषि काम गर्न हुदैन जागिर मात्रै खानु पर्छ भन्ने सोचाइमा परिवर्तन नआए सम्म आत्म निर्भरबन्न नसकिने बताए। पढेलेखेको ठुलो युवा पंती विदेशीएको छ । देशमा अहिले काम गर्ने जनशक्तिको अभाव देखिन थालेको बताउदै मन्त्री थापाले किसानको लागि आवश्क सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउदै गण्डकी प्रदेश फलफुलमा आत्म निर्भर बन्ने योजनाका साथ अगाडी बढेको बताए ।
मन्त्रालय किसानको घर खेतमै पुगेर किसानका वास्तवीक समस्याहरुको पहिचान गरी सोहीअनुसार नीति तथा कार्यक्रम बनाउने बताए साथसाथै किसानका समस्याहरुलाई गम्भीर रुपमा लिएको समेत बताए । किसानका सिंचाइ देखि उत्पादित वस्तुको विकृवितरणको जिम्मा सररकारले लिने बताउदै अब किसानले निर्भाहामुखी भन्दा पनि व्यावसायीक रुपमा काम गर्नु पर्नेमा जोड दिदै अब कृषि क्रमको वर्गीकरण गरिने पनि बतए । साना किसान, व्यावसायीक किसान र उद्योगी किसान गरि वर्गीकरण गरेर कुन किसानलाई कसरी सहयोग गर्ने भन्ने नीति बनाएर सरकारले सोही आधारमा सहयोग गर्ने बताउदै अब किसानलाई अपमा होइन सबैले सम्मान गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा लिङ्सियाका स्थानीय बासिन्दाले आफुहरुले लगाएको बालि बादरले खाएर सखाप पारेकोले बादर नियन्त्रका बारेमा ध्यानाकर्षण गराउनुका साथै विहादी गाउँपालिकामा रहेको खेती योग्य जमीन सिंचाइको अभावमा बाझै रहेकाले सिंचाइको व्यवस्था गरिदिन पनि माग गरेका थिए । विहादी गाउँँपालिका ५ मा रहेको गेप्ताङ्ग सामुदायीक घरबासमा आयोजित कार्यक्रममा मन्त्री लेखबहादुर थापाले स्थानीय उत्पादनमा जोड दिन आग्रह गर्दै गाउँ घुमन आउने पर्यटकहरुलाई स्थानीय खानाका साथै आफ्नो कला संस्कृतीले स्वागत गर्न सकेको खण्डमा मात्रै घरबास कार्यक्रम दिगो हुने भएकाले यस तर्फ ध्यान दिन आग्रह गरे । ४३ घर मगर बस्ती रहेको गेप्ताङ्गमा ७ घरले घरबास कार्यक्रम सञ्चालनमा ल्याएका छन् । घरबासकार्यक्रमको अवलोकन गर्न पुग्नु भएका मन्त्री थापालाई स्थानीयले आफ्नो कला संस्र्कतीको संरक्षणका साथै घरबास कार्यक्रमको विकास र प्रवर्धनमा सहयोग गर्न आग्रह गरेका थिए । यसै गरी पैँयु गाउँपालिकामा पनि किसनाहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको थियो सो कार्यक्रममा मन्त्री थापाले किसानको लागि सरकारले जति सक्दो सहयोग गर्ने बताउदै प्रदेश भित्रका नमुना फमहरुको लागि सहयोग गरिरहेको जानकारी गराउदै आफ्ना प्रस्ताव र मागहरु सम्बन्धी निकायमा पेश गर्न पनि आग्रह गरे ।





