गलकोट,८ जेठ – गलकाेटका चुडामणि शर्माले स्वर्गिय पिता डण्डपानि शर्माकाे स्मृतिमा निशुल्क २ राेपनि जग्गा प्रदान गरेका छन । गलकाेट नगरपालिका ४ डीहीका शर्माले गलकाेट नगरपालिका वडा नम्बर २ मा रहेकाे स्थानिय मूल्य अनुसार १ कराेड बराबरकाे जग्गा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रकाे गलकाेटमा उपसाखा स्थापनाका लागि निशुल्क उपलब्ध गराएका हुन। राज्य पुर्नस्थापना पछि स्थानिय तहमा आवश्यक पर्ने कार्यालहरू निर्माण गर्न जग्गाकाे समस्या पर्ने भन्दै स्थानियहरूबाटै यसकाे सुरूवात गर्नुपर्ने सन्देश दिनका लागि जग्गा उपलब्ध गराएकाे शर्माले बताए । गलकाेट र आसपासका क्षेत्रका सेवा प्रवाह गर्ने उदेश्यले विद्युत प्राधिकरणले जग्गा खाेजिरहेकाे अवस्थामा शर्माले जग्गा प्रदान गरेका हुन । गलकाेटकाे डाडाखेत, मध्यपहाडि लाेकमार्ग संग जाेडिएकाे जग्गा भएका कारण सेवा प्रवाहमा सहज हुने विद्युत प्राधिकरण बागलुङका इलेक्टिकल सुपरभाइजर हरि सुनारले बताए । नेपाल विधुत प्राधिकरण बागलुङका प्रमुख कपिल राज पाण्डेले जग्गा ब्यवस्थापनकाे समस्या समाधान भएकाले अव तत्काल काम अगाडी बढाइने जानकारी दिए । गलकाेटमा कार्यालय स्थापना भएपछि गलकाेट संगै पश्चिम क्षेत्रका अधिकाश नागरिक लाभान्वित हुने प्राधिकरणले जनाएकाे छ । शर्मा स्थानीय गोल्डेन फ्यूचर आवाशीय माध्यमिक विद्यालयका प्रधानाध्यापक संगै समाजसेवी हुन ।





