शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अखिल नेपाल फूटवल संघ (एन्फा) मा छनोट दुई खेलाडीलाई बागलुङमा सम्मान

अखिल नेपाल फूटवल संघ (एन्फा) मा छनोट दुई खेलाडीलाई बागलुङमा सम्मान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०७६, शनिबार

बागलुङ, ११ जेठ – अखिल नेपाल फूटवल संघ (एन्फा) ले हालै काठमाण्डौमा सञ्चालन गरेको १३ बर्ष मुनिको खेलाडी छनौट प्रतियोगितामा बागलुङबाट छनौट भएका आफ्ना दुई जना खेलाडीलाई जिल्लामा सम्मान गरिएको छ । सदरमुकाममा रहेको अमर आदर्श आवासीय माबिले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर आफ्नो बिद्यार्थी खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरेको हो । १३ बर्षको राष्ट्रिय समुहका लागि भएको छनौट प्रतियोगिताबाट अमर आदर्शका सरोज कार्की र सन्दीप भण्डारी छनौटमा परेका थिए । एन्फाले राष्ट्रिय समुहका लागि देशभरीका खेलाडीको प्रपतिष्पर्धा गराउँदै आएको छ । ५२ जना खेलाडी मध्येबाट उनीहरु एन्फा एकेडेमीको प्रशिक्षणका लागि छनौट भएका हुन् । विद्यालयले उनीहरुलाई जनही पाँच हजार रुपैयाँ सहित प्रसंसा पत्रले सम्मान गरेको हो । खेलाडी सहित प्रशिक्षकहरु भीम बोहरा र प्रमेश थापालाई सम्मान गरीएको थियो । राष्ट्रिय समुहमा समाबेश भएर एन्फाको प्रशिक्षणमा सहभागी हुन पाएको दुवै खेलाडीले खुसी व्यक्त गरे ।

आँफुहरुलाई यो अवसर जुटाउन एन्फा बागलुङ, प्रशिक्षक र विद्यालयको ठूलो योगदान रहेको भन्दै परिवारको सहयोगले अझै सफलता पाउने विश्वास व्यक्त गरे । ‘पहिले पहिले ममीले पढेन भनेर गाली गर्नुहुन्थ्यो’ छनौटमा परेका सन्दीप कार्कीले भने ‘अहिले त ममी पनि खुसी म झन खुसी भएको छु ।’ उनले पाएको अवसरलाई सदुपयोग गरेर राष्ट्रिय स्तरको खेलमा सहभागी हुने इच्छा जनाए । ‘कयौं बर्ष पछि एन्फामा बागलुङले सहभागिता पाएको छ’ प्रशिक्षक भीम बोहराले भने ‘यो सिंगो बागलुङको गर्वको कुरा हो ।’ उनले प्रशिक्षणका लागि छनौट भएका खेलाडीको हौसलाका लागि सबैले सहयोग गर्नुपर्ने बताए । एन्फा बागलुङका अध्यक्ष रामराज गुरुङले खेलको माध्यामबाट जिल्ला चिनाउन उत्कृष्ट खेलाडी तयार गर्नुपर्नेमा जोड दिए । उनले अहिले छनौटमा परेका खेलाडीका कारण एन्फाको जिल्ला शाखाको शान बढाएको वताए । छनौटमा परेका दुवै जनाले अबको दुईबर्ष सम्म एन्फा एकेडेमीमा रहेर फुटवलको प्रशिक्षण लिन पाउने छन् । दुई बर्ष पछि हुने छनौटले उनीहरुको बाँकी खेल जीवनको बाटो देखाउने छ ।

कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, क्रिकेट विकास समिति बागलुङका संयोजक बिष्णु प्रसाद आचार्य, अभिभावक शुसिला भण्डारी लगायतले बोलेका थिए । विद्यालयका प्रिन्सिपल हेमन्त थापाको अध्यक्षता शिक्षकहरु भवी शर्माको स्वागत र कमल पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा छनौटमा परेका खेलाडीको परिवारका तर्फबाट आमाहरु शुसिला भण्डारी र गीता कार्कीले विद्यालय तथा प्रशिक्षकहरुलाई मायाँको चिनो प्रदान गरे । त्यस्तै एन्फा बागलुङले दुवै जना खेलाडीलाई हौसला प्रदान गर्न भन्दै फुटवल सुज प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->