बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

परम्परागत सिद्धान्तले अघि बढिदैँन : मन्त्री गुरुङ

परम्परागत सिद्धान्तले अघि बढिदैँन : मन्त्री गुरुङ


  • Dhorpatan News
  • जेष्ठ १२ २०७६, आइतबार

पोखरा,१२ जेठ – पोखरामा नेपालको कम्युनिस्ट आन्दोलनमा ‘क. मन्त्री रविन्द्र अधिकारी’ विषयक विचार गोष्ठी तथा ‘माक्र्सवादी राजनीतिक अर्थशास्त्र’को चर्चा परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कार्ल माक्र्स को पूँजिको सिद्धान्तलाई परिमार्जित गर्दै अघि बढनुपर्ने बताए । ‘परम्परागत सिद्धान्तको भरमा हामी अघि बढन सकिदैन ,प्रविधिलाई आत्मसाथ गर्दै नयाँ विचारका साथ अघि बढ्नु जरुरी छ ’, उनले भने ।
मन्त्री गुरुङले विश्वमै शक्तिशाली अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतबाट नेपालले अनुसरण गर्दै अधिकतम फाईदा लिनुपर्ने वताए । ‘अब विश्वमा शक्तिशाली अर्थतन्त्र भएको मुलुक भनेको चीन र भारत हुन ,नेपालले उनीहरुबाट अधिकतम पाठ सिक्दै फाईदा लिनुपर्दछ’ , गुरुङले भने,‘ अरुले गरेको आविष्कार गरेको प्रविधिको पछि नलागि विश्व बजारमा खपत हुने गरी हामीले आफ्नै अनुसन्धान र उत्पादनमा ध्यान दिनु जरुरी छ ।’ स्वर्गीय पुष्पकमल सुवेदीले अवलम्बन गरेको समाजबाद र स्वर्गीय रविन्द्र अधिकारीको समृद्द नेपाल बनाउने चाहाना पूरा गर्न सव एकजुट हुनुपर्ने उनले बताए । इतिहासतिर फर्केर मात्र सम्मृद्धि हासिल नहुने भन्दै नेता गुरुङले नयाँ अनुभव र विचारको साथ अघि बढ्नुपर्नेमा जोड दिए । किताव लेख्न र पढाउन सजिलो भएपनि ब्यबहारमा लागू गर्न गाह्रो हुने उनले बताए । पुराना विचार धाराको आडमा नयाँ किताब लेखेर नहुने भन्दै बदलिदो परिस्थिति अनुसार लेखन र विचारलाइ अवलम्बन गर्नुपर्ने उनले बताए ।

स्वर्गीय रविन्द्र अधिकारीको योगदान र देन महत्वपूर्ण रहेको भन्दै अधिकारीको सपना पूरा गर्न सवै लाग्नुपर्ने नेता गुरुङको भनाई थियो । जिम्मेवारी सफलता पूर्वक बहन गर्ने अधिकारीलाई स्मरण गर्दै काम गर्ने मान्छे मात्र विवादमा फस्ने भन्दै रविन्द्र निर्दोष भएको कुरा घाम जस्तै छर्लङग हुने उनले जिकिर गरे । कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चुडामणि जंगलीले नेपालका कम्युनिस्ट पार्टीमा सृजनशीलताको कमि भएको बताउँदै सुधार नगरे अस्तित्व नै खतरामा पर्ने विचार व्यक्त गरे ।माक्र्सवादको प्रयोग र विशलेषण गरि नयाँ विचारका साथ समृद्दीको यात्रामा लाग्नुपर्ने वताए ।
कार्यक्रममा रविन्द्र अधिकारी स्मृति प्रतिष्ठान तदर्थ समिति अध्यक्ष तथा धर्मपत्नी विद्या भट्टराईले रविन्द्र अधिकारी पदको घमण्ड नगर्ने र सबैसँग मिल्न सक्ने ब्यक्तिक्त्व भएको स्मरण गरिन ।राजनीति र विकासलाई सँगसँगै सआत्मसाथ गरेको कारण राजनीतिमा सफलता हासिल गरेको उनले बताइन । नियोजित आरोपको प्रवाह नगरी आलोचनाको कदर गर्ने रवीन्द्रको बानीको उनले स्मरण गरिन् । गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले रवीन्द्र एक खुला किताव भएको भन्दै उनको विचार र योगदानको सवैले अनुशरण गर्नुपर्ने बताए । विद्यार्थी आन्दोलन र सार्वजनिक सवारिमा विद्यार्थीलाई साहुलियतको ब्यबस्था लागू गर्नमा रवीन्द्रको योगदान महत्वपूर्ण रहेको पहारीले बताए । अधिकारी बहु आयामिक र सिद्धान्तमा खारिएको ब्यक्तिक्त्व भएका कारण विकास र सम्मृद्धि उनले फड्को मारेको उनले स्मरण गरे ।
कार्यक्रममा लेखक रामराज रेग्मीको पुस्तक मार्क्सवादी राजनीतिक अर्थशास्त्रको बारेमा समेत चर्चा गरिएको थियो । पुस्तकको विश्लेषण गर्दै प्रा.डा.लेखनाथ भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलनलाई बचाईराख्न पुस्तकले सहयोग गर्ने बताए । माक्र्सवादको प्रयोग भएका देशको अभ्यासलाइ सरलीकरण गरी पुस्तकमा प्रस्तुत गरिएको उनले बताए । सो पुस्तकमा धेरै विद्वानका विचारलाई आत्मसाथ गरि सरल भाषामा एकै ठाउमा धेरै कुरा पढ़न सकिने उनले बताए । पूँजीवादको चरित्र ,उत्पादन र अहिलेको वित्तीय अवस्थाको वारेमा पुस्तकमा स्पस्ट रहेको उनको विश्लेष्ण छ । लेखक रामराज रेग्मीले माक्सवादको अध्यन गर्ने सिकारुको लागि पुस्तक उपयोगी रहेको वताए ।कार्यक्रम पुष्पकमल स्मृति प्रतिष्ठानका अध्यक्ष शुक्रराज सुबेदीको अध्यक्षता ,उपाध्यक्ष पूर्ण गिरीको स्वागत तथा सचिव ठाकुर सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->