बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा असिनाले करोडौंको क्षती, कृषकद्वारा राहतको माग

पर्वतमा असिनाले करोडौंको क्षती, कृषकद्वारा राहतको माग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०७६, आइतबार

पर्वत,१२  जेठ – पर्वतका विभिन्न ठाउँमा परेको असिनाले करोडौं बराबरको नगदेबाली र अन्नबालीमा क्षती पुगेको छ । कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा परेको असिनाले तरकारी, फलफूल खेती सहित अन्नबालीमा क्षती पु¥याउँदा कृषकहरु पुर्पुरोमा हात लगाउन बाध्य बनेका छन् ।
कुश्मा नगरपालिकाको पकुवा, आर्थर, दुर्लुङ र मोदी गाउँपालिकाको तिलाहार,राम्जा चित्रे, क्याङ लगायतका ठाउँमा बिहिबार साँझ परेको ठूलो असिना पानीले बजारमा लैजान तयार भएको गोलभेँडा, काउली, बन्दा, आलु साथै सुन्तला खेती, मकै बाली, धान कोदोको बीउ लगायत अन्नबाली पुरै सखाप पारेपछि कृषकहरु समस्यामा परेका छन् ।
जिल्लामा रहेको कृषि ज्ञान केन्द्रका अनुसार कृषकहरुले दिएको प्रारम्भिक जानकारी र स्थलगत अध्यानका आधारमा करोड बढिको तरकारी खेती तथा सोही बराबरको अन्नबालीमा क्षती पुगेको जानकारी दिए । हालसम्म हामीले पाएको तथ्यङ्कका आधारमा डेढ करोड बढिको क्षती भएको जनाकारी प्राप्त भएको छ उहाँले भन्नुभयो–अन्नबाली, तरकारी र फलफूल सयका सय क्षती पु¥याएको छ । रेग्मीले करिब २ हजार बढि हेक्टरमा क्षती पु¥याएको अनुमान गरिएको बताए ।
तरकारी र फलफूल खेती सखाप पारेको र मकै, कोदो, धान लगायतका बालीको बीउ समेत नभएकाले कृषकहरुलाई समस्या भएको उनलेले जानकारी दिए । रेग्मीका अनुसार कृषकहरुले अन्नबाली लगाईसकेको र बीउ समेत नभएकाले नयाँ खेती गर्न सक्ने अवस्था नभएको बताए । ‘अब फेरी खेती गर्न सिजन गई सक्यो’ उनले भने–‘गाउँमा लगाउने बीउ समेत नभएकाले कृषकहरुलाई बीउ राप्न समते समस्या भएको छ ।
निरन्तर २÷३ घण्टासम्म परेको ठूलो असिनाले रुखका पात समेत नभएको र तराकारीका टनेल समेत छियाछिया पार्दा लाखौं खर्च गरेका व्यावसायिक कृषक समेत टाउकोमा हात लगाउन बाध्य बनेका कृषकहरु बताउँछन् । तरकारीहरु तथा नगदेबाली सबै कामै नलाग्ने गरी असिनाले नष्ट गरेपछि किसानहरुले राहात दिलाईदिन आग्रह गरेका हुन् ।
पकुबा पञ्चासे साझेदारी फर्मका सञ्चालक जगन्नाथ शर्माका अनुसार आँफूहरुले २० रोपनी भन्दा बढी क्षेत्रफलमा लगाएको आलु खेती असिनाले ध्वस्त बनाएको बताए। करिब ५ लाख भन्दा बढी लगानीमा लगाएको आलु असिनाले नष्ट गरेसंगै समस्यामा परेको बताए ।
असिनाले पु¥याएको क्षतीको पर्वतका प्रतिनिधी सभा सदस्य पदम गिरीले समेत अनुगमन गरेका छन। स्थलगत अनुगमन पछि गिरीले कृषकहरुले दुख गरि लगाएको खेतीबाट उत्पादन लिने बेला भएको क्षतीको मुल्याङ्कन गरि कृषकहरुलाई राहतको पहल गरिने बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->