बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सगरमाथामा मृतकको संख्या १० पुग्यो

सगरमाथामा मृतकको संख्या १० पुग्यो


  • Dhorpatan News
  • जेष्ठ १२ २०७६, आइतबार

काठमाडौं,१२ जेठ -सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेहरुको संख्या १० पुगेको छ । अहिले सगरमाथा चढ्ने उपयुक्त सिजन भएकाले आरोहीहरुको भिड बढेको छ । चढ्ने र ओर्लिने आरोहीहरुको संख्या अत्यधिक बढ्दा बाटोमा घण्टौं रोकिनुपर्ने बाध्यता हुने गरेको छ । यसैका कारण पनि कतिपय आरोहीहरुको मृत्यु हुने गरेको छ ।

पछिल्लो पटक ४४ वर्षीय ब्रिटिश नागरिक रोबिन हायन्स फिसरको मृत्यु भएको छ । उनको शनिबार बिहान २८ हजार २१५ फिट उचाइमा मृत्यु भएको हो । उनको मृत्युसँगै सगरमाथामा आरोहणका क्रममा मृत्यु हुनेहरुको संख्या १० पुगेको अधिकारीहरुले जनाएका छन् ।
नेपाली शेर्पा गाइडहरुले ट्राफिक जाम हुने ठाउँलाई ‘मृत्यु क्षेत्र’ नाम दिएका छन् । उनीहरुले अहिले ट्राफिक जाम गम्भीर समस्या बनेको भन्दै नेपाल सरकारका अधिकारीहरुको ध्यानाकर्षण गराएका छन् ।

मैले धेरै पटक सगरमाथा चढेको छु तर वसन्त ऋतुको यो ट्राफिक जाम सबैभन्दा खतरानाक थियो,’ हालै २२ मेमा सगरमाथा चढेका एक शेर्पा गाइड छिरिङ जाङ्गबु शेर्पाले भने, ‘धेरैजसो अतिरिक्त अक्सिजन सिलिण्डर नबोकेर सगरमाथा चढ्नेहरु नै बढी प्रभावित भएका छन् । उनीहरु अत्यधिक चिसो र हावाको कारण होइन, ट्राफिक जामकै कारण पीडित भए ।’

उनका अनुसार उनको आरोहण टोलीले अर्को एक आरोहीबाट अक्सिजन सिलिण्डर सापटी लिनुपरेको थियो । सापटी नपाएको भए ती आरोही मर्ने थिए ।

चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने गरेको आरोहीहरु बताउँछन् । प्रत्येक आरोहीसँगै आरोहण सहयोगी पनि जाने भएकाले यस वर्ष एक हजारको हाराहारीमा मानिस सगरमाथाको शिखरमा पुग्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->