सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

दारी ग्याङबाट रक्तदान

दारी ग्याङबाट रक्तदान


  • Dhorpatan News
  • जेष्ठ १३ २०७६, सोमबार

पोखरा, १३ जेठ – दारी ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा आइतबार भएको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको विशेष अनुरोधमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । पहिलो रक्तदाता जग्दिश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको संयोजक बसन्त पहारीले बताए । पोखरा महानगरपालिका वडा ९ का वडा अध्यक्ष रामराज लामिछानेको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा दारी ग्याङ पोखराका पूर्व संयोजक शेखर गौतम, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका उपाध्यक्ष जितेन्द्र मान शाक्य, वसन्त विनोद, रञ्जन अधिकार क्षेत्री, दिवस गुरुङ लगायतले बालेका थिए ।
उक्त अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तिर्थ राज अवस्थीले ५७ औ पटक रक्तदान गरे । यस्तै वसन्त विनोदले ३७ औ पटक रक्तदान गरेका छन् । अवस्थीले स्वागत गरेको कार्यक्रममा पहिलो रक्तदाता, महिला दिदीबहिनीहरु लगायतको उल्लेखनिय सहभागिता रहेको कार्यक्रम संयोजक समेत रहेका पहारीले बताए । कार्यक्रमको सञ्चालन बिरेन्द्र पराजुली र बिव्रmम पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->