बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्यटन मार्फत आर्थिक समृद्धि मूल लक्ष्य :सांसद बुढा

पर्यटन मार्फत आर्थिक समृद्धि मूल लक्ष्य :सांसद बुढा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०७६, मंगलबार

गलकोट,१४ जेठ – गण्डकी प्रदेश सभा सदस्य चन्दबहादुर बुढा सागरले गण्डकी प्रदेश सरकारको मुख्य लक्ष्यनै पर्यटन मार्फत आर्थिक समृद्धि हासिल गर्ने भएको बताए । केही नितिगत समस्याका कारण सोचे अनुरुप काम नभएको स्वीकार गर्दै सांसद बुढाले सवै समस्या हल गरेर जनताले अनुभुती गर्ने गरि विकासका गतिविधि अघि बढने बताए ।
उनी बागलुङको गलकोट नगरपालिका – ६ भुजुङगेमा गलकोट स्टोन भिलेज सामुदायिक होमस्टेले आयोजना गरेको ग्रामीण पर्यटन तथा आतिथ्यता ब्यबस्थापन तालिमको समापन कार्यक्रममा बोल्दै थिए । सांसद बुढाले बागलुङको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य ढोरपाटनसंग जोडेर अन्य पर्यटकीय गन्तव्यको विकास गर्ने बताए । ‘ढोरपाटनलाई प्रदेश सरकारले ठूलो मात्रामा बजेट बिनियोजन गर्दै छ ,त्यहाँको विकास गरेर ढोरपाटन आउने जाने पर्यटकलाई अन्य गन्तव्यमा भुल्न सक्ने वातावरण सृजना गर्ने छौ’ ,उनले भने । ग्रामीण घरवास कार्यक्रम ग्रामिण पर्यटन विकासको महत्वपूर्र्ण आधार भएको उनले बताए ।आफ्नो अन्य पेशा ब्यबवायसंगै पर्यटन ब्यबसायमा निरन्तर लाग्ने उनले आग्रह गरे ।
कार्यक्रममा पुर्व राज्यमन्त्री चम्पादेवी खडकाले गलकोटको प्रकृति र सस्कृतिलाइ पर्यटनसंग जोडेर अधि बढन सके यहाँको विकासले गति लिने विश्वास गरिन । महिलाहरू आत्मनिर्भर बन्न जरुरी रहेको भन्दै घरबास कार्यक्रम एउटा अवसर भएको उनले बताइन । गलकोट नगरपालिका का उपमेयर रेनुका काउचाले विकास निर्माणका कार्यमा राजनीति नगरी सवै एकजुट बनेर लाग्नुपर्ने बताइन । स्थानिय उत्पादनले उचित मुल्य नपाएको अवस्थामा घरबास कार्यक्रम प्रभावकारी हुने बताइन् । कार्यक्रममा बागलुङ पर्यटन विकास समितिका उपाध्यक्ष राज थापा ,गलकोट नगरपालिका वडा नम्बर – ६ का अध्यक्ष नरबहादुर खत्री ,ब्यबसायी ललित श्रीस ,पर्यटन ब्यबसायी फरेन्द्र थापा लगाएतले बोलेका थिए ।
कार्यक्रममा घरवासको वारेमा अवधारणा मनतब्य राख्दै सल्लाहकार यामबहादुर श्रीसले स्लेट ढुङ्गाको खानी रहेको भुजुङगेमा निर्माण गरिने सवै भौतिक पूर्वाधार ढुंगाले निर्माण गर्ने बताए । ‘घर आगन ,गोरेटो बाटो ,पानी धारा सवै ढुङ्गाले निर्माण गरेर स्टोन भिलेजको रुपमा गाँउको विकास गरी पर्यटन आकर्षण गर्ने हाम्रो लक्ष्य हो’ ,उनले भने । १३ देखि १६ औ शताब्दी सम्म भूरे टाकुरे राजाले राज्य गरेको ऐतिहासिक स्थान समेत रहेकोले त्यहा उनिहरुको यथार्थ झल्कने संरचना समेत निर्माण गर्ने उनले जानकारी दिए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोगमा स्थानीयलाई अतिथि सत्कार र घरवास ब्यबस्थापनको वारेमा तालिम प्रदान गरिएको थियो । खानाका परिकार ,स्वागत ,सरसफाइ लगाएतको विषयमा स्थानीयलाई प्रयोगात्मक अभ्यास गराएको बरिस्त सेफ झांकप्रसाद ढकालले जानकारी दिए ।
कार्यक्रम गलकोट स्टोन भिलेज सामुदायिक होमस्टेका अध्यक्ष कमला श्रीसको अध्यक्षता ,सदस्य अमृता श्रीसको स्वागत र सचिव कुमार श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->