काठमाडौँ ,१४ जेठ – सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नाममा आएको शंकास्पद वैदेशिक लगानी नरोक्न सरकार र राष्ट्र बैंकको नाममा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको मंगलबारको इजलासले सुमार्गीको रकम निकास गर्न आदेश दिएको हो।





