बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गणतन्त्र दिवसमा मुख्यमन्त्रीको शुभकामना

गणतन्त्र दिवसमा मुख्यमन्त्रीको शुभकामना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७६, बुधबार

पोखरा,१५ जेठ -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत र सुदृढ पार्न सवै एक जुट हुनुपर्ने बताएका छन । गणतन्त्र दिवस २०७६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट भई इमान्दारिता, प्रतिवद्धता र सकारात्मक सोँचका साथ अगाडि बढेमा मात्र गणतन्त्रको रक्षा हुने बताएका हुन । संविधानको मर्म र भावना अनुरुप सहकारिता सहअस्तित्व र समन्वयको सिद्धान्त वमोजिम अघि बढन आवश्यक रहेको गुरुङको भनाई छ । उनले संघ, प्रदेश र स्थानीय तह वीचको सम्वन्धलाई प्रगाढ र सार्थक बनाउदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत ूसमृद्ध नेपाल, सुखी नेपालीू को राष्ट्रिय आकांक्षालाई पूरा गर्न निरन्तर लागिरहने प्रतिवद्धता समेत जनाएका छन । शुभकामना सन्देशमा मुख्यमन्त्री गुरुङले गणतन्त्र प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->