मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

तनहुँका तत्कालिन जिल्ला न्यायाधीश उपाध्यायविरूद्ध भ्रष्टाचार मुद्दा

तनहुँका तत्कालिन जिल्ला न्यायाधीश उपाध्यायविरूद्ध भ्रष्टाचार मुद्दा


  • Dhorpatan News
  • जेष्ठ १९ २०७६, आइतबार

तनहुँ,१९ जेठ -न्यायपरिषदले तनहुँका तत्कालिन जिल्ला न्यायाधीश ओमकार उपाध्याय विरूद्ध नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।न्यायपरिषदको छानबिन नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै कारबाही सिफारिस गरेपछि जिल्ला न्यायाधीशबाट उपाध्यायले दुईहप्ता अघि राजीनामा दिएका थिए।उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजाय र जरिवाना हुनुपर्ने परिषदले दावी गरेको छ। नक्कली प्रमाणपत्र पेश गरेर सरकारी वा सार्वजनिक पदमा काम गरेको प्रमाणित भए १० देखि २० हजारसम्म जरिवाना र ६ महिना देखि एकवर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ। भारतको कानपुर विश्वविद्यालय (हाल छत्रपति साहुजी महाराज विश्वविद्यालय) बाट स्नातक तहको शैक्षिक प्रमाणपत्रका रूपमा प्रोभिजनल सर्टिफिकेटमात्र बुझाएको न्यायपरिषदले जनाएको थियो। जबकी स्थायी शैक्षिक प्रमाणपत्रमात्र बुझाउनुपर्ने हुन्छ।

परिषदले छानविन गर्दा उनले उक्त स्थायी शैक्षिक प्रमाणपत्र पेश नगरेको गर्न पनि नसकेको भेटिएको थियो। हप्तादिन अघि परिषद बैठकले उनीविरूद्ध विशेषमा मुद्दा हाल्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->