बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

बागलुङकी कृतिलाई एसियन कुराँशमा कास्य

बागलुङकी कृतिलाई एसियन कुराँशमा कास्य


  • Dhorpatan News
  • असार ४ २०७६, बुधबार

काठमाडौं ४ असार –बागलुङकी कृति शर्माले थाइल्यान्डको पटायामा जारी छैटौं एसियन यू २० जुनियर कुराँश च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् ।महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा बुधबार उज्वेकिस्तानकी खेलाडीसँग पराजित भएपछि कृतिले कास्य पदकमा चित्त बुझाउनु परेको नेपाल कुराँश संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी दिइन् । उनका अनुसार त्यो तौल समूहमा ८ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितमा भाग लिएका अन्य दुई पुरुष खेलाडी विपल तुलाधर ले ५५ केजी र शेरबहादुर घर्तीमगरले ६० केजी तौल समूहमा बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।

यसैबीच, मंगलबार भएको एसियाली कुराँश महासंघमा खरेलले भाग लिएकी थिइन् । च्याम्पियनसिप नेपालका ३ खेलाडी , प्रशिक्षक र दुई पदाधिकारी गरि ६ जनाले भाग लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->