बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गर्मीसँगै दमौलीमा बिरामीको सङ्ख्या वृद्धि, व्यवस्थापनमा समस्या

गर्मीसँगै दमौलीमा बिरामीको सङ्ख्या वृद्धि, व्यवस्थापनमा समस्या

अस्पतालका मेडिकल अधिकृत सजना पौडेलका अनुसार गत वर्षभन्दा यस वर्ष बिरामीको सङ्ख्या बढेको छ ।  


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७६, बिहिबार

तनहुँ, ५ असार – बढ्दो गर्मीसँगै तनहुँको दमौलीमा बिरामीको सङ्ख्या वृद्धि भएको छ । मौसम परिवर्तनसँगै ज्वरो, टाइफाइड, झाडापखालाका बिरामी बढेका हुन् । गर्मी बढेसँगै सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा बिरामी चाप बढेको छ । यसअघि दैनिक ४०–५० बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेकोमा अहिले २०० सम्म बिरामी आउने गरेको अस्पतालका मेडिकल अधिकृत सजना पौडेलले  भने, “गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप अत्यधिक छ । बिरामीको चाप बढेसँगै व्यवस्थापनमा समस्या भएको छ ।” पौडेलका अनुसार गत वर्षभन्दा यस वर्ष गर्मीका कारण बिरामीको सङ्ख्या बढेको छ ।
अस्पतालमा विशेषगरी दमौली, चापाघाट, शेवर, झापुटार, काँहुशिवपुरलगायतका क्षेत्रबाट बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । अस्पताल पुग्ने बिरामीमध्ये महिला तथा बालबालिका बढी रहेको अस्पताल प्रशासनले जनाएको छ । गर्मी बढेसँगै खानपानमा ध्यान पु¥याउनुपर्ने मेडिकल अधिकृत पौडेलले सुझाव दिए, उनले भने,“खानेकुरा खाने बेलामा राम्रोसँग हात धोएर मात्रै खानुपर्छ । पर्याप्त स्वच्छ पानी पिउने गर्दा ज्वरो र झाडापखालाबाट बच्न सकिन्छ ।”
दमौली अस्पतालमा बिरामी सङ्ख्या बढेसँगै व्यवस्थापनमा समस्या भएको व्यास नगरपालिका-७ कलेस्तीका चित्रबहादुर क्षेत्रीले गुनासो गरे, उनले भने, “बिरामी भएर स्वास्थ्य परीक्षणका लागि आउँदा झन पीडा थपिने अवस्था सिर्जना भएको छ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->