बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मानवसेवा आश्रमलाई ५० हजार राशीको ‘सुगंगा पुरस्कार’

मानवसेवा आश्रमलाई ५० हजार राशीको ‘सुगंगा पुरस्कार’


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७६, शुक्रबार

बागलुङ,६ असार – सुगंगा स्मृति कोष बागलुङद्वारा हरेक वर्ष प्रदान गर्ने ‘सुगंगा स्मृति पुरस्कार–२०७६’ यस वर्ष मानव सेवा आश्रम बागलुङलाई प्रदान गरिएको छ ।स्मृति कोषका अध्यक्ष काजि रोशनको अध्यक्षमा बसेको बैठकले मानवीय सेवामा क्रियाशिल संस्था मानव सेवा आश्रमलाई नगद ५० हजार सहित सम्मान गरिने निर्णय गरेको हो ।
स्वर्गीय आमा सुमित्रा खडका तथा स्वार्गीय पत्नी गंगा खड्काको नाममा २०६५ सालमा पत्रकार बिदुर खड्का, छोराहरु डा तिर्थेन्द्र खड्का, इन्जिनिरयर धीरजविक्रम खड्का तथा बिबेब खड्काद्वारा स्थापित सुगंगा पुरस्कारको आठौँ श्रृंखला आगामी २०७६ असार १८ गते स्व गंगा खडकाको पुण्य तिथीका दिन वितरण गरिने कोषका सदस्य काजि गाउँले श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->