पोखरा, १० असार – सशस्त्र प्रहरीको एपिएफ क्लव र नेपाली आर्मीको त्रिभुवन क्लवले पोखरामा भएको छैटौं महिला तथा सातौँ पुरुष विच भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।
महिलातर्फको फाईनलमा शसस्त्र प्रहरी बलको ए टोली विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपाल पुलिस क्लबका निता शाह र कोपिला उप्रेतीको जोडीलाई २१–१३, २१–१३ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै एपिएफले नगद ३० हजार र दोस्रो हुने प्रहरीले २० हजार रुपैयाँ नगद प्राप्त ग¥यो । आर्मीका पुष्पापल परियार र मनिषा खाँडको जोडीलाई पुलिस बीका मनिषा चौधरी र पुष्पा चौधरीको जोडीले प्रतिस्पर्धात्मक खेल ८–२१, २१–१२ र १५–१२ को सेटमा जित्दै तेस्रो सुरक्षित गरेको थियो ।
यसैगरी पुरुषतर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेश बीका राजु विक र अनिल दर्लामी मगरको जोडीलाई २१–१६,१८–२१ र १८–१६ को सेटमा पराजीत गर्दै त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडीले उपाधी हात पारे । उपाधीसँगै पुरुष टिमले पनि ३० हजार रुपैयाँ नगद हात पा¥यो । उपविजेता गण्डकीले २० हजारमा चित्त बुझायो ।
तेस्रो स्थानको खेलमा गण्डकी प्रदेशका सन्जुविक्रम शाह र रमेश केसीको जोडीले नेपाल पुलिस क्लब एका चन्द्र कुँवर र तोरण चन्दको जोडीलाई पराजीत गर्दै नगद १० हजार रुपैयाँ प्राप्त गरे । कास्की जिल्ला भलिबल संघको व्यवस्थापन,नेपाल भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय गरी महिला तर्फ १४ र पुरुष तर्फ १७ टोलीले प्रतिस्पर्धा गरेका थिए । खेल लिगकम नकाउटको आधारमा खेलाइएको छ ।पोखराको बाराही खेल मैदानमा निर्मित विच कोर्टमा आयोजित प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका सदस्य राजीव पहारी, पश्चिम पृतना पोखराका पृतनापति काजीबहादुर खत्री, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ लगायतले नगदसहित पदक तथा प्रमाणप्रत्र प्रदान गरेका थिए । प्रतियोगितामा आर्मीका दिलबहादुर सुनार सशस्त्रकी विनिता बुढाथोकी उत्कृष्ठ खेलाडी घोषित भए । उनीहरुलाई नगद ३र३ हजार रुपैयाँ प्रदान गरियो ।





