शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पल्सर स्पोर्टस अवार्डमा गण्डकीको प्याराग्लाइडिङको बर्चश्व

पल्सर स्पोर्टस अवार्डमा गण्डकीको प्याराग्लाइडिङको बर्चश्व


  • ढोरपाटन संवाददाता
  • असार १७ २०७६, मंगलबार

पोखरा,१७ असार -राजधानीमा आयोजित पल्सर स्पोर्टस् गण्डकी प्रदेशका तीन खेलाडीले अवार्ड हात पारेका छन् । मंगलबार आयोजित अवार्ड कार्यक्रममा प्याराग्लाइडिङ खेल विधाले तीनवटा पुरस्कार हात पार्दा गण्डकी प्रदेश भाग्यमानी देखिएको हो । पोखराका युकेश गुरुङले वर्ष उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट टोलीमा एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्न सफल प्याराग्लाइडिङको पुरुष टोली र उत्कृष्ट प्रशिक्षकमा प्याराग्लाइडिङकै योगेश भट्टराईले उपाधी जितेका हुन् । एसियाडमा नेपाललाई एकमात्र पदक दिलाउने खेल पनि प्याराग्लाइडिङ थियो।
राष्ट्रिय भलिबल टिमकी सावित्रा भण्डारीले उत्कृष्ट महिला खेलाडी,भलिवलकी रेष्मा भण्डारीले पिपल्स च्वाइस अवार्ड र हरिबहादुर रोकायालाई लाइफ टाइम अचिभमेण्ट अवार्ड दिइएको कार्यक्रममा एथेलेक्टिसका अजितकुमार यादवले उत्कृष्ट युवा खेलाडी, पारा एथेलेक्टिसकै मनकेशी चौधरीले उत्कृष्ट एथलेक्टिस खेलाडी तथा रोहित चन्दले स्पेसल अवार्ड हात पारे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->