शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पल्सर स्पोर्टस अवार्ड विजयीलाई पोखरामा स्वागत

पल्सर स्पोर्टस अवार्ड विजयीलाई पोखरामा स्वागत


  • ढोरपाटन संवाददाता
  • असार १८ २०७६, बुधबार

पोखरा,१८ असार –  पल्सर स्पोर्टस् अवार्ड हात पार्ने गण्डकी प्रदेशका प्याराग्लाइडिङका खेलाडी र प्रशिक्षकलाई पोखरामा भव्य स्वागत गरिएको छ । मंगलबार राजधानीमा आयोजित अवार्ड कार्यक्रममा प्याराग्लाइडिङ खेल विधाले तीनवटा पुरस्कार हात पार्दा गण्डकी प्रदेश भाग्यमानी देखिएको थियो । पोखराका युकेश गुरुङले वर्ष उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट टोलीमा एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्न सफल प्याराग्लाइडिङको पुरुष टोली र उत्कृष्ट प्रशिक्षकमा प्याराग्लाइडिङकै योगेश भट्टराईले उपाधी जितेका थिए । एसियाडमा नेपाललाई एकमात्र पदक दिलाउने खेल पनि प्याराग्लाइडिङ थियो। उनीहरु तीनैजना पोखराका हुन् । अवार्ड हात पारेर पोखरा आउँदा उनीहरुलाई नेपाल हवाई खेलकुद संस्था ( ना),प्याराग्लाइडिङ पाइलट क्लव र ह्याङग्लाइडिङ संघसहित शुभेच्छुकले स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->