बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी प्रदेश सरकारद्वारा कृषकहरुलाई कृषि सामाग्री बितरण

गण्डकी प्रदेश सरकारद्वारा कृषकहरुलाई कृषि सामाग्री बितरण


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७६, आइतबार

तनहुँ , २२  असार –  तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न। ९ र १२ का कृषकहरुलाई शनिवार एक कार्यक्रमका बीच पुर्व मन्त्री तथा गण्डकी प्रदेश सांसद आशा कोइरालाको प्रमुख आतिथ्यतामा कृषि सामाग्री बितरण गरिएको छ । कृषि सामाग्री वितरण कार्यक्रममा बोल्दै सांसद कोइरालाले कृषकलाई आधुनिक कृषि प्रणालीमा आकर्षित गर्न यो कार्यक्रमको सुरुवात गरिएको र आगामी दिनमा शुनपा ९ भाटडाडामा तरकारी संकलन केन्द्र तथा कोल्ड स्टोर स्थापनाको लागि आफुले प्रदेश सरकारसंग बिशेष पहल गर्ने कुरा बताइन् । कार्यक्रमका विशेष अतिथी तथा शुनपा वडा न। १२ का वडा अध्यक्ष मनराज गुरुङले आफ्नो वडाबाट नै प्रदेशको नमुना कृषि कार्यक्रम सुरुवात गरिएकोमा प्रदेश सरकारलाई धन्यवाद दिए । मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ स्थापना कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश सरकारको अनुदानमा कृषकहरुलाई गोला सहितको ३० घार मौरी, ६ थान पानी तान्ने मोटर, टनेल प्लास्टिक, थोपा सिंचाइको ड्रम लगायतको सामाग्री बितरण गरिएको कुरा शुक्लागण्डकी नगरपालिकामा कार्यरत कृषि प्राबिधिक रामचन्द्र पौडेलले बताए । बिहान बेलुकाको गुजारा चलाउन मात्र गरिने परम्परागत कृषि पद्दतिलाई सुधार गर्दै कृषकहरुलाई आफ्नै गाउमा बसेर आयआर्जनमा स्थापित गराउन प्रदेश सरकारले मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ स्थापना कार्यक्रमको सुरुवात गत फागुनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा गरेको थियो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->