शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कराँतेमा गोर्खा च्याम्पियन,भलिबलमा बिबाद

कराँतेमा गोर्खा च्याम्पियन,भलिबलमा बिबाद


  • Dhorpatan News
  • असार २७ २०७६, शुक्रबार

पोखरा,२७ असार – गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत कराँते तर्फ गोरखा च्याम्पियन बनेको छ । गोरखाले ३ स्वर्ण पदक जित्दै टिम च्याम्पियन हुदाँ कास्की दुई स्वर्ण, तीन रजत र दुई कास्यसहित दोस्रो र म्याग्दी एक स्वर्ण, एक रजत र एक कास्य पदकसहित तेस्रो स्थानमा रह्यो ।
गोरखाका बमिन श्रेष्ठका एकल कातामा , ४० केजी महिला तर्फ भूमिका बस्नेतले स्वर्ण पदक जिते । ४५ केजीमा सुदिक्ष बुढामगर म्याग्दीले स्वर्ण पदक जितिन् । ५० केजीमा अनिता घले गोरखाले स्वर्ण, ४२ केजी तौल पुरुषमा लक्ष्मण पुन बाग्लुङ, ४७ केजीमा विमल थापा तनहुँ, ५२ केजी तौलमा बलराम अधिकारी कास्की, एकल काता महिलामा मसिना राई कास्कीले स्वर्ण पदक जितिकी थिइन् ।
महिला भलिबल तर्फ कास्की फाइनलमा पुगेको छ । कास्कीले लमजुङलाई पराजितगर्दै फाइनल प्रवेश गरेको हो । पुरुषतर्फको प्रतिस्पर्धामा तनहुँ र म्याग्दी बीचको खेल भने उजुरी गरेपछि रोकिन पुग्यो । म्याग्दीले उजुरी दिएको थियो । तनहुँका खेलाडीहरुको उमेर बढी भएको भन्दै उजुरी दिएका थिए । तीन जनामध्ये एक जना उमेर खेलाडी भएको पाईएपछि खेल तनावयुक्त बन्न पुगेको नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार स्याङजाविरुद्ध बाग्लुङले उजुरी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->