शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दोश्रो नाकोडस मिलिजुली खुल्ला व्याडमिन्टनको उपाधि मदन बस्नेत र वसन्त पौडेलको जोडीलाई

दोश्रो नाकोडस मिलिजुली खुल्ला व्याडमिन्टनको उपाधि मदन बस्नेत र वसन्त पौडेलको जोडीलाई


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०७६, आइतबार

पोखरा,५ साउन – दोश्रो नाकोडस मिलिजुली खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि मदन बस्नेत र वसन्त पौडेलको जोडीले जितेको छ । लामाचौर तीज महोत्सवको पूर्व अवसरमा शनिबार पोखरामा सम्पन्न भएको फाईनल खेलमा बस्नेत र पौडेलको जोडीले शुसिल कुमार श्रेष्ठ र खगेन्द्र थापाको जोडीलाई पराजित गर्दै उपाधि सहित नगद १५ हजार पुरस्कार जितेका हुन्। उपविजेताले भने १० हजार पाउने भएका हुन्।
भिम छन्त्याल, कृष्ण बस्नेतको जोडी तथा इसान खड्का र छविलाल तिमिल्सिनाको जोडी सेमिफाइनलमा पराजित भए पनि उनीहरुलाई जनही २ हजार ५ सय रुपैया प्रदान गरिने भएको छ । शुक्रबार देखि सुरक्षेश्वर मन्दिरको व्याडमिन्टन कोर्टमा संचालन भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।
त्यसै गरी ५० बर्ष माथि उमेर समुह तर्फको व्याडमिन्टन प्रतियोगितामा कृष्ण श्रेष्ठ र केदार भट्टराईको जोडीले उपाधि जितेकाछन्। उनीहरुको जोडीले महेन्द्र गुरुङ र रामचन्द्र पुनको जोडीलाई पराजित गर्दैै उपाधि जितेका हुन्। विजेताको जोडीले १५ हजार र उपविजेताको जोडीले १० हजार पुरस्कार जितेका हुन् । पुरस्कार वितरण भने तिज महोत्सवको अवसरमा प्रदान गरिने भएको छ ।
सेमिफाइनलमा पुगेर पनि पराजित भएका राजेन्द्र थापा र सुमन बस्नेत तथा सुवास अधिकारी र राजु सुनारको जोडीले नगद २ हजार ५ सय रुपैया हात पार्न सफल भए । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । समापनको अवसरमा एन्फाका केन्द्रिय बरिष्ठ उपाध्यक्ष कृष्ण थापा, समाजसेवी मदन बहादुर खत्री, नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष कमल बहादुर थापा, सचिव दिनेश भण्डारी, प्रतियोगिताका संयोजक बिशाल खड्का, महोत्सवका खेल संयोजक शुसिल कुमार श्रेष्ठ लगायतले मानव स्वास्थ्यको लागि खेलकुद आवश्यक भएकोमा जोड दिएका थिए । महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा पोखराको लामाचौरमा यस बर्ष भदौं १२ देखि १६ गतेसम्म उक्त महोत्सव हुने भएको महोत्सवका प्रचार संयोजक बुद्धि क्षेत्री खत्रीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->