मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सेरावेसीमा पानी माग्दै इन्द्रको पूजा

सेरावेसीमा पानी माग्दै इन्द्रको पूजा


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०७६, आइतबार

पोखरा, ५ साउन –  अत्याधिक बाढीकै कारण देशका विभिन्न भूभागमा ठूलो संख्यामा जनधनको क्षति भएको अवस्थामा तनहुको सेरावेसीमा भने आज पानी माग्दै इन्द्रको पूजा गरिएको छ ।सेरावेसी र आसपासका फाँटमा भने पानीकै अभावमा धान रोप्न नपाए पछि स्थानीयले इन्द्रको पूजा गरेका हुन् ।पानी कै अभावमा तनहुको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ मा पर्ने सेरावेशी, ज्यामिरकोटे र सुन्दरी गाउँका अधिकांश खेत साउनको पहिलो हप्ता सकिनै लाग्दा अझै पनि बाँझै भएको स्थानीयवासी बताउँछन् ।
रोपाइँका लागि तयार गरिएको बिउ छिप्पीइसकेका अवस्थामा तै पनि पानी पर्छ की भन्ने आशामा आज स्थानीयवासी मिलेर सामूहिक रुपमा इन्द्र भगवानको आराधना गर्दै पानी मागेका हुन् ।
लामो समय पानी नपरेमा इन्द्र भगवानको बैदिक विधिद्वारा पूजा गर्ने र पानी माग्ने प्रचलन रहेको स्थानीयवासी एवम् पूजा अनुष्ठानका कर्ता ठाकुरप्रसाद खनालले बताए ।
पानी नपरेका कारण यस क्षेत्रका झण्डै दुई सय रोपनी क्षेत्रफलका राम्रो धान फल्ने खेत अहिलेसम्म पनि बाँझै रहेको जानकारी दिदै उनले लामो समय खडेरी परेमा इन्द्रको पूजा गरी पानी माग्ने प्राचीन प्रचलन भएकै कारण सबै स्थानीयवासी मिलेर पूजा गरी पानी मागेको बताए । उनका अनुसार बैदिक विधिद्वारा हवनीय कर्म सहित इन्द्रको पूजा गरी पानी मागिएको हो ।
लामो समय पानी नपरी खडेरी परेका कारण २०४४ साल बैशाखमा सेरावेसीमा इन्द्रको पूजा गरिएको सेरावेसी टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पन्थीले जानकारी दिए ।त्यस यता यस क्षेत्रमा अहिलेसम्म पनि पानी नपरेकै कारण खेत बाँझो रहने अवस्था नआएको ५८ वर्षीय पन्थीले अनुभव सुनाए ।नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासका क्षेत्रमा पर्याप्त पानीको अभावमा रोपाइँ नहुँदा खेत बाँझै हुनु यतिखेर चासो र चिन्ताको विषय बनेको छ ।
अत्याधिक उर्बर मानिने सेरावेसी र यस आसपासको क्षेत्रमा धान एवम् अन्य कृषिजन्य उत्पादन राम्रो हुने गरेको कृषकहरू बताउँछन् ।गण्डकी प्रदेशमा कूल एक लाख ४९ हजार ७२५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको गण्डकी प्रदेश कृषि निर्देशनालयका वरिष्ठ कृषि अर्र्थिवज्ञ भानुभक्त भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->