शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राष्ट्रपति रनिङ शिल्डमा बिजयीलाई पुरस्कार

राष्ट्रपति रनिङ शिल्डमा बिजयीलाई पुरस्कार


  • Dhorpatan News
  • साउन ९ २०७६, बिहिबार

बागलुङ, ९ साउन – जिल्ला खेलकुँद बिकास समितिले आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजयी खेलाडीलाई पुरस्कार र सम्मान दिएको छ । बुधवार आयोजित एक कार्यक्रममा खेलाडीलाई पुरस्कार र सम्मान दिइएको हो । जिल्लामा संचालित आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४८ स्वर्ण, ४८ रजतसहित २ सय ९४ वटा पदकका लागि खेल भएको थियो । ती खेलमा पुरस्कृत खेलाडीहरुले गण्डकी प्रदेश स्तरीयदेखि केन्दीय तहमा पुगेर खेलेका थिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले खेलको सम्मान गर्दै खेलाडीलाई भविष्यमा सम्मानित भएर बाच्न सक्ने वातावरण बनाउनुपर्ने बताए । उनले खेलबाट पनि राष्ट्रलाई चिनाउन सकिने धारणा राखे । कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख कुश्मराज उपाध्याय, सहायक प्रजिअ धिरेन्द्रराज पन्त लगायतले खेल क्षेत्रको सम्मान र राज्यको लगानी बढाउन सकेमा खेलबाटै सफलता पाउन सकिने धारणा राखे । समितिका अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, भीमसेन शाक्यको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड पनि प्रदान गरियो । प्रतियोगितामा यहाँको सिगाना माबि तित्याङ प्रथम र चिल्ड्रेन लाईफ माबि द्वितिय भएका छन् । सिगाना माबिले १० स्वर्ण, ७ रजत र १ कास्य पदक जितेको थियो । द्वितिय भएको चिल्ड्रेन लाईफले १० स्वर्ण, ३ रजत र ७ कास्यपदक जितेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->