शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा फुलकन्ट्याक्ट कराते च्याम्पियनसिप

पोखरामा फुलकन्ट्याक्ट कराते च्याम्पियनसिप


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७६, बुधबार

पोखरा,१५ असार – पोखरामा ‘प्रथम नेपाल फुलकन्ट्याक्ट प्रेसिडेन्ट कप कराते च्याम्पियनसिप’ को आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते महासंघको आयोजना र युनाइटेड नेप्लिज क्याकुशिन एडभान्समेन्टको सह आयोजनामा उक्त च्याम्पियनसीप हुन लागेको हो ।
प्रतियोगिता भदौ १४ गते पोखरा रंगशालामा संचालन हुने आयोजकले मंगलबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिएको छ । पुरुष तथा महिला खुला तौल समुहमा नेपाल फुलकन्ट्याक्ट् कराते महासंघमा आवद्ध सबै संघका खेलाडी सहभागी हुने अध्यक्ष दमन बस्नेतले जानकारी दिए । महिला तथा पुरुष दुबै समुहमा ३२ ÷३२ जना सहभागी हुने बस्नेत जनाए । ग्राण्ड च्याम्पियन खेलाडी महिला तथा पुरुष दुबैले १÷१ लाख प्राप्त गर्नेछन । त्यसैगरी दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार र २५ हजार प्राप्त गर्ने छन ।खेल संचालनको लागि १२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
खेलको पहिचान र खेलप्रतिको आकर्षण ,खेलाडीको उत्साह तथा प्रशिक्षकको परिश्रमबाट अन्तरास्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यले उक्त टुनामेन्ट आयोजना गरेको अध्यक्ष बस्नेतले बताए । ‘खेलाडीको भविष्य खेलमार्फत हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ,खेललाइ व्यवसायीक बनाउदै खेलप्रति सर्वसाधारणको आकर्षण बढाउन यो च्याम्पियनसीप आयोजना गरेका हौ ।’ अध्यक्ष बस्नेतले भने । २०६१ सालमा स्थापना भएको महासंघमा शाखा ,डोजो ,संघ र क्लबहरु आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->