शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखराको न्यूरोडमा भीषण आगलागी

पोखराको न्यूरोडमा भीषण आगलागी

१० करोड रुपैयाँ भन्दा धेरैको क्षति भएको ब्यवसायीको भनाई


  • Dhorpatan News
  • साउन २८ २०७६, मंगलबार

पोखरा,२८ साउन – पोखराका न्यूरोडमा मंगलबार भीषण आगलागी भएको छ । न्यूरोड स्थित  सिटिजन्स बैंकको आडमा रहेको  एस मिनी मार्केटमा आगो लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम हाउस, चस्मा पसल, जुस पसल, इलेक्टिकल पसल, कपडा पसल, कस्मेटिक पसल गरि करिव २३ वटा सटर पुर्ण क्षति भएको कास्कीका प्रमुख प्रहरी उपरीक्षक  दानबहादुर कार्कीले जानकारी दिए । क्षतीको पूर्ण विवरण संकलन भइरहेको उनले बताए ।ब्यवसायीले भने १० करोड रुपैयाँ भन्दा धेरैको क्षति भएको बताएका छन् । दिउसो ४ बजे देखि सुरु भएको आगलागी २ घण्टा पछि नियन्त्रणमा आएको थियो ।
आगलागीबाट मिनी मार्केट भित्रका सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् । आसपासका शिवशक्ति फर्निचर लगायतका केही सटरका सामानहरु स्थानीय र प्रहरीको सहयोगबाट बाहिर निकालिएको थियो  ।

आगो निभाउनका लागि स्थानीय, पोखरा महानगरपालिका, नेपाली सेनाको वारुणयन्त्र तथा केही निजी कम्पनीका पानी ट्यांकर प्रयोग गरिएको थियो । आगलागीको कारण खुल्ल सकेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->