विकास भनेको आफै हुने र एक्लैले गरेर हुने जादुको छडि होइन । त्यसो त बिकासको लागि ‘नुन देखि सुन सम्म भने झै’ सडकका नागरिक देखि महलमा एैस आराम गरि जिवन विताएका माहाजनहरुको पनि साथ सहयोग कुनै न कुनै कोणमा आवश्यक पर्ने गर्दछ । कुरा के भनेनी चुनावका बेला हुदा खाने र हुने खानेलाई केहि न केहि आश्वसन दिएर बिभिन्न दलबाट नेताहरु देशका हरेक ठाउँमा बिजयी हासिल गरे । देशको बिकाश गर्छु दिन दुखीको जिबन स्थर परिर्वतन गराउछु र आफ्नो ठाँउ क्षेत्रलाई भ्रष्टाचाररहित, आर्थिक,भौतिक साथै सामाजिक हिसावमा सर्वोत्कृष्ट बनाउछु , भनेर बिभिन्न थरीका प्रतिबद्धता पनि गरे । साच्चिकै सोहि प्रतिबद्धता अनुसार कामकार्य अगाडि पनि कतिपय ठाउँमा भएका छन् । र कतिपय ठाँउहरुमा त यो संघियताले हामिलाई झन मारमा पा¥र्योे पनि भनेको सुन्नमा आउछ । त्यसोत गण्डकी प्रदेश अन्तरर्गत पर्वतको फलेवास नगरपालिकामा स्थानिय तहको निबार्चन भएको दुई वर्ष पुगिसक्दा के कस्ता बिकासका कामहरुको सुरुवात गरियो के कति सम्पन्न भए , अनि हुदै छन् त ?त्यहाका नागरिकहरुले बिकासको स्वाद चाख्न पाएका छन् कि नाई ? यि र यस्तै समग्र बिषयमा केन्द्रित रहेर फलेवास नगरपालिका नगर प्रमुख पदमपाणी शर्मा सँग हाम्रा ढोरपाटन संवाददाता राजन पौडेलले गरेको कुराकानी ।
निर्वाचित भएर फलेवास नगरपालिकामा नगरप्रमुखको जिम्मेवारी समालेको पनि दुई बर्ष बितिसकेको छ यो अवस्थामा फलेवास नगरपालिका के कसरी अगाडी बढेको छ ?
१. फलेवास नगरपालिका ११ वटा गाबिसमा बिभक्त नगरपालिका हो ।सर्वप्रथम त त्यसलाई हामिले एउटा नगरको रुपमा स्थापित गरेउँ ।
२. फलेवास नगरपालिकालाई भौतिक पूर्वाधारको सन्र्दभमा, कृर्षिको सन्र्दभमा, पशुको सन्र्दभमा ,जल स्रोतको सन्र्दभमा, पर्यटनको सन्र्दभमा, आय आर्जनको सन्र्दभमा र सगसगँै प्रणालिको सन्दर्भमा हामिले स्थापित गरेका छौँ । र यो नगरपालिका काहाँ के गर्ने कसरि अगाडि बढ्ने भन्ने बिषयमा बिस्तृत गुरु योजना बनाएर अगाडि बढेको छ ।
निर्वाचन भएको दुईबर्षमा उपलब्धिको दृष्टिमा पहिलो वर्ष र दोस्रो बर्षमा के कति उपलब्धिहरु भए ?
१.यो एक नगरपालिका मात्र नभइ सरकार पनि भएका कारण सुरुवातमा हामिहरु बिभिन्न किसिमका नियम कानुनको बिषयमा केन्द्रीत रह्यौ । नगरको समृद्धिको लागि ३५ वटा एैन निवमावली बनायौँ ।जस्तै शिक्षा,स्वास्थ्य,सरसफाई जस्ता थुपै्र बिधामा कानुनको निर्माण गरेउँ ।
२. फलेवास नगरपालिका एक इन्च पनि बाटो पिच नभएको नगरपालिका र यातायातको हिसावमा पनि त्यति अगाडि नभएको नगरपालिकामा मापदण्ड तयार गरि सोहिअनुसार सागुरा सडक हरु फराकिला बनाउने कार्य पुरा गरेउँ । त्यसैगरी गलकोट नगरपालिका, जैमिनी नगरपालिका फलेवास नगरपालिका र आधिखोला गाउपालिका सगँ समन्वय गरि कालीगण्डकी लोकमार्ग, नयाँ ट्राक गलकोट देबिस्थान , शंकरपोखरी,कार्किनेटा हुदै नाउँडाडा जानेँ बाटोले फलेवास लाई समृद्धिको लागि सहयोग पु¥याउने हुनाले त्यसको लागि आवश्यक छलफल पनि अगाडि बढाएउँ ।
३.फलेवास नगरपालिका लाई बाहिरी चक्रपथको रुपमा पनि जोड्नु पर्छ भन्ने उद्धेश्यका साथ पाङ्ग्राङ देखि कार्किनेटा हुदै मुडिकुवा लगेर जोड्ने बाटोको निर्माण कार्य करिव यो बर्षमा सक्ने योजना बनाएका छौँ सोअनुसार काम पनि भैरहेको छ । अर्को कुरा नगरपालिका भित्री चक्रपथ रुपमा पनि बिभिन्न ठाउँहरुमा साविकका सवै गाबिसहरु छुने गरी बाटोको निर्माण पनि गरेका छौ र कुनै कुनै ठाउँमा बाटोलाई टेण्डर गरि पिच पनि गरिसकेका छौँ । सगसगै प्रदेश सरकारको सहयोगमा अबको तिन वर्ष भित्र नगर भित्रका सबै वाडहरुमा कालोपत्रे बाटोले जोड्ने योजनामा जुटेका छौँ ।
४. अर्को कुरा सडकले मात्र सबै कुरा परिपूर्ति नहुने हुनाले र युवा महिला दिदीबहिनीहरु लाई लक्षित गरी एक वाड एक उद्योगको कार्यक्रम बनाएर नगरपालिकाले साझेदारी गर्ने कार्य पनि गरेका छौँ । र यो कार्य खानीगाउँ बाट ढाका उद्योगको स्थापना गरी सुरु पनि भैसकेको छ । र सबैलाई समेट्ने गरी बिभिन्न कार्यक्रम ल्याएका छौँ ।
५. कालिगण्डकीमा जलासय युक्त परियोजनाको लागि उपयुक्त भएको कारण त्यो कार्यको लागि फलेवास नगरपालिका निरन्तर रुपमा लागि परेर कुश्मा नगरपालिका , जैमिनी नगरपालिका , विहादी गाउँपालिका र गुल्मीको कालिगण्डकी गाउँपालिकालाई समेत फलेवास नगरपालिले बैठकको आह्वान गरेर छलफलको माध्यम बाट कालिगण्डकी जलासय परियोजनाको लागि सम्भव छ । यसको डिपिआर तयार गर्नको लागि कुरा उठायौँ । र प्रदेश, संघको सक्रियतामा हामि सम्भाब्यताको पनि अध्ययन गरेर सो कार्य पनि अगाडी बढाएका छौ ।
मेरयसाप यहाँहरुलाई निवार्चित गराउदै गर्दा आम नगरवासिका बिभिन्न खालका आशा अपेक्षाहरु पनि थिए , के अब यो पाँच वर्षमा ति अपेक्षाहरु पुरा गर्दै यि यि कुराहरुमा परिर्वतन हुन्छ भन्ने कुनै ग्यारेण्टी छ ?
मैले दुुई बर्षमा गरेका काम त हजुरलाई बुदाँगत रुपमा प्रस्तुत गरेर ग्यारेण्टी गरीसके भने पाचँ बर्षको अवधि त स्वेत पत्र नै गरेर समृद्ध नगरपालिकाको रुपमा स्थापित गरी प्रशंसा गर्न लायक नगरपालिका बनाउछौ । बिभिन्न पर्यटकिय स्थलको रुपमा रहेका र प्रचारप्रसारको कमिले गर्दा पछाडी परेका ठाँउहरुको बिकास गर्ने छौँ , हामीले यहि बर्ष भित्रै सम्पुुर्ण काठका पुलहरु फालेर सबै फलामका पुलहरु हाल्ने छौ , सम्पुर्ण जसो कार्यहरु बाँकी रहेको वर्षमा पुरा गर्ने छौ ।
फलेवास नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानीको लागि कस्ता कस्ता कार्र्यक्रमहरु ल्याउनु भएको छ ।
शिक्षामा हामिले बृहत बिकास गर्ने घोषणा गरेका छौ र सोहि अनुुसारका काम कार्य सम्पादन पनि भै सकेको छ । पाँच कक्षा सम्म अगे्रँजी माध्यमको पढाई गर्नुपर्छ भनेर कार्यक्रमको बिस्तार गरेका छौँ । पुराना शिक्षकहरु लाई बिभिन्न तालीम गराएर नयाँ पद्धतिको बिकास गर्न र शिक्षा प्रणालीको बिकासको लागी उत्प्रेरित हुने खालका योजनाहरु निति नियमहरु ल्याएर कार्यको थालनी समेत गरेका छौँ । खानेपानिको लागी एक घर एक धाराको कार्यलाई अगाडी बढाएका छौँ । प्रत्येक वाडमा खानेपानिको अवस्थाको अध्ययन गरेर उपयुक्त योजनाको पारीत गरेका छौँ । पानीको सहजै उपलब्ध नभएका वा पानीको कठिनाई भएका वाडमा बोरीङ सिस्टम बाट पनि खानेपानिको ब्यवस्था गरेका छौ । स्वास्थ्यको सन्दर्भमा बिभिन्न स्वास्थ्य केन्द्रलाई ब्यवस्थीत तरिकाले संचालन गर्ने गरि अगाडी बढेका छौँ । नगरवासी सम्पुर्ण नागरीकलाई पाएक पर्ने ठाउँमा हस्पिटल बनाउने गरी निर्णय गरेका छौँ ।
पहुच र नेकपाको सक्रीयताका आधारमा नै राहात र अनुदान बितरण गर्नुहुन्छ भन्ने गुनासो पनि बढेको छ यस बिषयमा तपाइको प्रतिकृया के छ ?
नागरीक बाट यो कुरा आउनु स्वाभाविक पनि हो किनकी बिकास आफ्नै पालामा भैइदिए हुन्थ्यौ, छिट्टैे बिकास भएको देख्न पाउँ भन्ने चाहाना सबैको हुन्छ । यिनै नागरीकको चाहानालाई आत्मसाथ गर्दै हामी अगाडी बढेका छौ । अर्को करा पहुच र बलका आधारमा फलेवास नगरपालिका बाट कसैले पनि राहात र अनुदान पाएका छैनन् । जहाँ गरिव बिपन्न छन्, त्यहाँ हामिले राहातका कार्यक्रम पुर्याएका छौँ ,तपाँईलाई भन्नु पर्दा हाम्रो नगरपालिकामा १८ घर परिवार सुकुम्वासीका रहेछन् तिनिहरुको लागि फनपा बाट ३६ लाख बजेट छुट्टाएर घर बनाइदिने निर्णय गरेका छौँ । पार्टि,मान्छे र पहुँच नहेरी राज्य बाट आउने सेवा सुबिधा हामि नागरीककै घरदैलोमा पु¥र्याएका छौँ । र काहा कस्तो किसीमको कुरा आवश्यकता छ त्यसलाई मध्यनजर गरेर प्राथमिकताका आधारमा बितरण गरेका छौँ । त्यसैले कोही कसैले पनि नगरपालिको काम कार्यमा शकां नगर्नको लागि आग्रह गर्छु र अर्को कुरा फलेवास नगरपालिकामा स्पष्ट र पारर्दशि तरिकाले काम हुने कुरामा हिजो निर्वाचित हुदै गर्दा देखि नै भनेको थिए र अहिले तपाईको मेडिया बाट पनि सोही कुरा दो¥र्याउन चाहान्छु ।





