शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मिडिया कप फुटसल मंगलबारदेखि

मिडिया कप फुटसल मंगलबारदेखि


  • Dhorpatan News
  • भाद्र १० २०७६, मंगलबार

पोखरा,१० भदौ – पोखरामा मंगलबारदेखि पोखरा मिडिया कप फुटसल प्रतियोगिता सुरु हुँदैछ । फुटसल प्रतियोगिताको आयोजना जक्शन डटकम र सिक्स्टिन प्रोडक्शन गरेका हुन् । मंगलबार र बिहीबार गरी दुई दिनसम्म प्रतियोगिता चल्नेछ । फुटसल प्रतियोगिताको विजेता समूहले ३५ हजार रुपैयाँसँगै ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । त्यस्तै दोस्रोले २० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीेले रु ५ हजार, गोल रक्षकले ३ हजार, अनुशासित टिमले ५ हजार र सर्वाधिक गोलकर्ताले ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
फुटसल प्रतियोगिताको पूर्वसन्ध्यामा गन्थन डटकमको टोलीलाई दुई संस्थाले जर्सी प्रायोजन गरेका छन् । पोखराको होटल क्राउन हिमालयले गन्थन डटकमको ए टोलीलाई जर्सी प्रायोजन गरेको हो । होटलका सञ्चालक आग्रह अर्यालले टिम कप्तान पूर्ण न्यौपाने र व्यवस्थापक एवं गन्थन डटकमका सञ्चालक सागरराज तिमिल्सिनालाई जर्सी हस्तान्तरण गरेका थिए । त्यसैगरी गन्थनकै दोस्रो रोजाईको बी टोलीलाई मेरो साथी टिभीले प्रायोजन गरेको छ । मेरो साथी टिभीका सञ्चालक सुरेश सुनारले कप्तान विजन अधिकारीलाई जर्सी हस्तान्तरण गरेका हुन् । जर्सी १०÷१० थान(सेट) हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->