शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राष्ट्रिय महिला भलिवल प्रतियोगितामा ६ टिम सहभागि हुने

राष्ट्रिय महिला भलिवल प्रतियोगितामा ६ टिम सहभागि हुने


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७६, मंगलबार

पोखरा १०, भदौ – लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना हुने राष्ट्रिय महिला भलिवल प्रतियोगितामा डिफेन्डीङ्ग च्याम्पियन शसस्त्र प्रहरी वल (एपिएफ) सहित ६ टिमको सहभागिता हुने भएको छ । यही भदौं १२ गते देखि १६ गते सम्म संचालन हुने उक्त महोत्सवको अवसरमा भदौं १४ देखि १६ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता हुने भएकोे मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर आयोजना हुने उक्त प्रतियोगितामा एपिएफ सहित, नेपाल प्रहरी क्लव, न्युडाईमण्ड एकेडेमि, चितवन टाईगर्स क्लव, जावलाखेल भलिवल प्रशिक्षण केन्द्र काठमाण्डौ र पश्चिमाञ्चल भलिवल टिम सहभागि हुने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए । प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैया र तेश्रो हुनेलाई २५ हजार ५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको क्षेत्रीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ । उक्त खेल अवलोकनको लागि दर्शकले क्वाटर फाईनलको एक सय, सेमिफाईनलको दुई सय र फाइनल खेलको तीन सय रुपैया शुल्क तिर्नुपर्नेछ । भलिवल खेल संचालन गर्नको लागि समाजलाई करिब १९ लाख जसो आर्थिक भार हुने गरेको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । “मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ विगत २२ वर्ष अगाडि देखि नव आदर्श सामुदायिक विकास समाज लामाचौरले संचालन गर्दै आएको तीज मेला महोत्सवका रुपमा रुपान्तरण हुदा हरेक बषै लाख बढी दर्शकहरु भित्रिने गरेको समाजका अध्यक्ष कमल बहादुर थापाले बताए ।

उक्त अवसरमा एकता बुक्स अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । पवित्र गणेश सप्लायर्स अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, दि युनाईटेड गोल्ड मार्ट तीज गीत प्रतियोगिता, एक्सपर्ट एजुकेशन खुल्ला एकल नृत्य प्रतियोगिता हुने भएको छ । महोत्सवमा पहिलो पटक समावेश कास्की समाज क्यानडाले १० कि.मि. सडक दौड दौड, नरबहादुर बानिया स्मृति गण्डकी प्रदेश स्तरीय सितेरियो कराते प्रतियोगिता, बाल उद्यान तथा विभिन्न कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति, एवं विभिन्न विद्याका श्रष्टा सम्मान जस्ता कार्यक्रम रहने भएको सांस्कृतिक संयोजक दील बहादुर थापाले बताए । डिस मिडिया प्रा.लि. प्रमूख प्रायोजकको रुपमा रहेको महोत्सवमा प्रायोजकका रुपमा पोखरा मिक्स्चर सेवा समिति लामाचौर, सह प्रायोजकका रुपमा हङ्गकङ्गमा रहनुहुने कुब्जे दिदी बहिनी समुह हङ्गकङ्गको सहकार्य रहेकोे छ । उक्त महोत्सव सम्पन्न नर्ग करिब ५० लाख संकलन हुने भएको अर्थ संयोजक नविन भण्डारीले बताए । त्यसै गरी अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार, महिला समूहगत तीज गीत प्रतियोगितामा प्रथम पुरस्कार २५, द्धितिय पुरस्कार १५ हजार, तृतिय पुरस्कार १० हजार, सान्त्वना पुरस्कार ५ हजार रहेको छ । पवित्र गणेश सप्लायर्स अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार, खुल्ला एकल नृत्य प्रतियोगिता प्रथम पुरस्कार १० हजार, द्धितिय पुरस्कार ७ हजार, र तृतिय पुरस्कार ५ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->