शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा सागको तयारी, रंगशालामा विदेशी दुबो

पोखरामा सागको तयारी, रंगशालामा विदेशी दुबो


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७६, बुधबार

पोखरा, ११ भदौ – तिहारमा दुबो चाहिन्छ । मखमली र सयपत्रीको माला विदेशबाट आए पनि दुबो आयात भएको सुनिएको छैन । तर, तिहार नै कुर्नु किन प¥यो ? यो पटक पोखरामा दशैँ अगावै भारतबाट दुबो ल्याइँदैछ । तिहारलाई हैन, भुईँमा रोप्न ।
पोखरामा आउँदो मंसिरमा दक्षिण एसियाली खेलकुदअन्तर्गतका केही खेल हुँदैछन् । पूर्वाधार निर्माणको लागि पोखरा रंगशालामा धमाधम काम भइरहेको पनि छ । रंगशालाको फुटबल मैदानमा महिला फुटबल खेलाउने भनिएको छ । तर, फुटबल खेल्ने चौर नै तयार छैन । पहिला नक्कली दुबोसहितको मैदान बनाउने भनिए पनि पछि प्राकृतिक दुबो नै चाहिने कुरा आयो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालको निर्देशनपछि प्राकृतिक चौर बनाउने सहमति जुट्यो । तर, चौरमा रोप्ने दुबो नेपालमा पाइएन । अहिले दुबो कलकत्ताबाट ल्याउन लागिएको छ ।
निर्माण कम्पनीका हरिबाबु न्यौपानेका अनुसार पोखरा रंगशालाको फुटवल मैदानमा चाहिने ‘बर्मोडा ग्रास’ नामक दुबो भारतको कलकत्ताबाट ल्याउन बुकिङ गरिएको छ । प्राविधिक र वातावरणीय हिसावले कलकत्ताको दुबो पोखराको वातावरण सुहाउँदो भएकोले पोखरामा अनुकुल हुने भएकोले गर्दा उक्त दुवो ल्याउने भएको निर्माण कम्पनीका न्यौपानेले जनाए यो निर्णय गरिएको उनले सुनाए । त्यसो त नेपालकै बुटतबलमा भएको दुबोले पनि काम भने चलाउन सकिन्थ्यो । दुबो भारतबाट कार्पेट जसरी बेरेर ल्याउने र त्यसैगरी मैदानमा बिच्छ्याइनेछ । करिब डेढ महिनाअघि नै दुबो पोखरा रंगशालाको फुटबल मैदानमा ओच्छ्याउने एक÷डेढ महिना पछि आफै मैदानमा सर्ने पनि उनले जानकारी दिए ।पोखरा रंगशालाको हाल फाउण्डेसनको काम भइरहेको उनले बताए । उक्त प्रोजेक्ट आफूहरुको लागि अग्नीपरीक्षा नै भएको दाबी गर्दै तोकिएको मितिमा निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरिने दाबी गरे । उनले भने ‘अहिलेको जस्तो सबै क्षेत्रबाट चिन्ता र चासो भएको भए काम गर्न धेरै सहज हुने थियो, बिना डिपिआर काम गर्न लगाइयो । पछि आर्टिफिसियलबाट नेचुरल मैदान बनाउन निर्देशन निर्देशन दिँदा गाह्रो भयो । डवल लग सिस्टममा निर्माण हुने उक्त प्यारापिटको आवश्यक सामाग्रि पोखरामा ल्याएको १५ दिनमै जडान कार्य सहितको फिनिसिङ हुने भएको उनले दाबी गरे ।
एन्फा कास्कीले गतवर्ष करिब फुटवल मैदान निर्माण गर्न करिब १० लाख भन्दा बढी खर्च भएकोले हरेक बर्ष उक्त बजेट जुटाउन कठिन हुने अबस्थाको आधारमा आर्टिफिसियल मैदान बनाउने तयारी थालिएको थियो ।तर,सदस्य सचिव र मन्त्रीले प्राकृतिक रुपमै फुटवल मैदान आवश्यक पर्छ भनेकोले अहिले हतारहतार काम गरेको उनले सुनाए । भारतको ग्रेट स्र्पोट्स इन्फ्रा इन्डियाले नेपालको एमए कन्सट्रक्सन जावलाखेल ललितपुरको ज्वाइन्ट भेन्चरमा निमार्ण गर्न लागेको हो । एक अर्ब २८ करोडको लागतमा १८ हजार ५ सय दर्शक क्षमताको फुटवल प्यारापिट निर्माण हुने भएको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । पोखरामा फुटवल दर्शक धेरै भएको हुनाले दर्शक क्षमता २० हजारसम्म पु¥याउन निर्माण कम्पनीलाई राखेपले समेत आग्रह गरेको सदस्य राजेश कुमार गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->