पोखरा, १४ भदौं -“मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ पोखराको लामाचौरमा जारी लामाचौर जित महोत्सव जारी रहेको छ । महोत्सवको दोश्रो दिन शुक्रबार छात्रा भलिवल तथा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना हुने राष्ट्रिय महिला प्रतियोगितामा शनिबार लिग चरणका ४ खेलहरु हुने भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा यही भदौं १६ गते सम्म इन्द्रराज्य लक्ष्मि माविको परिसमा संचालन हुने उक्त प्रतियोगितामा प्राविधिक कारण डिफेन्डीङ्ग च्याम्पियन शसस्त्र प्रहरी वल (एपिएफ) सहभागि नहुने भएकोे छ । अन्तिम समयमा आएर उक्त टिम सहभागि नहुने भए पछि त्यसको स्थानमा दाङको श्रीराम खेलकुद विकास समिति सहभागि हुने भएको खेल संयोजक श्रेष्ठले जनाए । प्रतियोगितामा ६ टिम सहभागि भएकाछन् ।
शनिबार विहान गण्डकी प्रदेश र पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौं बिच पहिलो खेल हुने भएको छ । त्यसै गरी शनिबार यू—डाईमण्ड एकेडेमि बिरुद्ध चितवन टाईगर्स क्लव, अर्को खेलमा गण्डकी प्रदेश बिरुद्ध श्रीराम खेलकुद विकास समिति दाङ बिच खेल हुने भएको छ । शनिबार अन्तिम खेल न्यू—डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लव बिच हुने भएको छ ।
प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैया र तेश्रो हुनेलाई २५ हजार ५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ ।
यसैबिच, महोत्सवमा शुक्रबार सम्पन्न भएको अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि करुणा निधि एजुकेशन फाउण्डेसन (केभ) ले जितेको छ । केभले फाईनल खेलमा डिफेण्डिङ च्याम्पियन टप्स उच्च माविलाई २५—१९, १९—२५, २५—१८, २२—२५, १५—१० को सेटमा पराजित गरेको हो । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार रहेकोे छ ।
शुक्रवारनै सम्पन्न भएको एकल नृत्य प्रतियोगिताको उपाधि समिक्षा रानाले जितेकी छन्। त्यसै गरी प्रतियोगितामा समृद्धि पाण्डे दोश्रो, बर्षा क्षेत्री तेश्रो र दिपिना गुरुङ शान्त्वना भएकीछन्। विजेता प्रतियोगिहरुलाई गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापा, समाजका अध्यक्ष कमलबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका हुन्। प्रतियोगिता प्रथम पुरस्कार १० हजार, द्धितिय पुरस्कार ७ हजार, र तृतिय पुरस्कार ५ हजार रहेको सांस्कृतिक संयोजक दीलबहादुर थापाले बताए ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर आयोजना भएको महोत्सवमा कृष्ण कडेंल लगायतका कलाकारले प्रस्तुतीः गरेका थिए । नरबहादुर बानिया स्मृति गण्डकी प्रदेश स्तरीय सितेरियो कराँते प्रतियोगिता शुक्रबार पनि जारी रहेको समाजले जनाएको छ । महोत्सवमा बाल उद्यान तथा विभिन्न कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति रहेको छ । डिस मिडिया प्रा.लि. प्रमूख प्रायोजकको रुपमा रहेको महोत्सवमा प्रायोजकका रुपमा पोखरा मिक्स्चर सेवा समिति लामाचौर, सह प्रायोजकका रुपमा हङ्गकङ्गमा रहनुहुने कुब्जे दिदी बहिनी समुह हङ्गकङ्गको सहकार्य रहेकोे छ । महोत्सवमा ४० भन्दा बढी स्टलहरु रहेको समाजले जनाएको छ ।
उक्त महोत्सवको दोश्रो दिनको महोत्सवको प्रमुख अतिथी प्रदेश सांसद बिन्दुकुमार थापाले कार्यक्रममा बोल्दै समाजमा महिला नेताको आवश्यक भएको बताए । समाजका धेरै ठाउँमा महिला नेतृत्व आवश्यक भएको भन्दै उनले महिलाहरु सक्षम भएर अघि बढ्न आग्रह गरे । समाजमा भएका विकृति र विसङगति तथा हत्या हिंसा बिरुद्ध समाजलाई सचेत गराउने गरी गितका माध्यमबाट समाजलाई सजग गराउन सांसद थापाले आग्रह गरे ।




