शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्पोर्टस् अवार्ड विजेतालाई पोखरामै पल्सरको साँचो

स्पोर्टस् अवार्ड विजेतालाई पोखरामै पल्सरको साँचो


  • Dhorpatan News
  • साउन २१ २०७६, मंगलबार

पोखरा,२१ साउन – राजधानीमा सम्पन्न पल्सर स्पोर्टस् अवार्ड विजेता पोखरेली खेलाडी र प्रशिक्षकलाई सोमबार पोखरामा पुरस्कार बापतको पल्सर मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
सो अवार्डमा उत्कृष्ट पुरुष वर्ष खेलाडी घोषित प्याराग्लाइडिङका युकेश गुरुङ र उत्कृष्ट प्रशिक्षक योगेश भट्टराईलाई पल्सरको एनएस मोटरसाइकल हस्तान्तरण गरिएको हो । बजाज पल्सरको गण्डकी क्षेत्रका लागि आधिकारिक विक्रेता इच्छाशक्ति अटोमोवाइल्सका अध्यक्ष इच्छामान बुद्धाचार्यले गुरुङ र भट्टराईलाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन् । उनले खेलाडीको आत्मबल बढाउनका लािग बिगत ४ बर्षदेखि आफूहरुले खेलकुद क्षेत्रमा सहकार्य गदै आएको बताए । प्रशिक्षक भट्टराईले पदक पाउन गरेको मेहनत र जित्दाको खुसीबारे आफ्नो अनुभव सुनाए । खेलाडी गुरुङले अवार्डले आफूलाई अन्तर्राष्ट्रिय पदकका उत्साह थपेको बताए । नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष केशव पाठककले एशियाली खेलकुदमा पहिलो ऐतिहासिक रजत पदक जित्न सफल भएकोमा खुसी व्यक्त गरे । नेपाल खेलकुद पत्रकार मञ्चले गएको असार १७ गते काठमाडौंमा गरेको पल्सर स्पोर्टस् अवार्ड आयोजना गरेको थियो । १८ औं एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रसकन्ट्रीतर्फ महत्वपूर्ण रजत पदक जित्दा १८ वर्षीय युकेश टिमका सदस्य थिए । उनले रजत पदक जिताउन सर्वाधिक अंक बटुलेका थिए । टीमको प्रशिक्षण योगेशले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->