शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१ सय ६० देशका प्रहरीलाई हराउँदै पर्वतका गुरुङले जिते २ गोल्ड मेडल

१ सय ६० देशका प्रहरीलाई हराउँदै पर्वतका गुरुङले जिते २ गोल्ड मेडल


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०७६, मंगलबार

पर्वत,२८ साउन – विश्वका १ सय ६० देशका प्रहरीहरूका बिचमा भएको दौड प्रतियोगितामा ‘अन्डर थर्टी’ उमेर समूहमा नेपालका सुवास गुरुङ प्रथम भएका छन् ।
विभिन्न देशका प्रहरीहरूको बिचमा २÷२ वर्षको फरकमा आयोजना हुने ‘वल्र्ड पोलिस एन्ड फायर गेम्स’ अन्तर्गत सान २०१९ को संस्करणमा गुरुङले १० किलोमिटर दुरीको क्रस कन्ट्री दौड र हाफ म्याराथनमा २ ओटा स्वर्ण पदक प्राप्त गरेका हुन् ।
पर्वतको महाशिला गाउँपालिका ४ लाम्तुङ घर भएका उनी ३ वर्ष अगाडि सिङ्गापुर पोलिसमा भर्ती भएका थिए । उनले सिङ्गापुर पोलिसकै तर्पmबाट प्रतियोगितामा भाग लिएका हुन् । २२ वर्ष उमेर पुगेका उनी सिङ्गापुर पोलिसको तर्पmबाट खेलमा सहभागी भएको भए पनि उनको राहदानी नेपाली भएका कारण प्रमाणपत्रमा पनि नेपाल भनेर नै उल्लेख गरिएको प्रर्वतका कराँते प्रशिक्षक तथा रेफ्री राम श्रेष्ठले जानकारी दिए ।
सुवासले अब अगस्ट १८ मा ५ किलोमिटर दुरीको दौडमा भाग लिने छन् । यसमा पनि सफल बन्न सके भने उनले सहभागिता जनाएका ३ ओटा इभन्टहरुमा नै पदक पाउन सफल हुने छन् ।
यसैगरी, ३० वर्ष माथिको दौडमा नेपालकै निमेश गुरुङले पनि दुई स्वर्ण पदक जितेका छन् । निमेशले पनि सुवासकै जस्तै १० किलोमिटर दुरीको क्रस कन्ट्री रेस र हाफ म्याराथनमा पदक जितेका हुन् । प्रतियोगितामा उनले आउँदो अगस्ट १८ मा १० किलोमिटर ट्रयाक एन्ड फिल्डमा प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->