शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्पोर्टस् क्यासल स्पोर्टस्को किल्ला बनोस : अर्थमन्त्री गुरुङ

स्पोर्टस् क्यासल स्पोर्टस्को किल्ला बनोस : अर्थमन्त्री गुरुङ


  • Dhorpatan News
  • भाद्र १५ २०७६, आइतबार

पोखरा, १५ भदौ – पोखरा महानगरपालिका –४ गणेशटोलस्थित ६ करोड लागतमा निर्मित ‘स्पोर्टस् क्यासल’ संंचालनमा ल्याईएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शनिबार क्यासलको उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै अर्थमन्त्री गुरुङले स्पोर्टस् क्यासल खेलुकदको किल्ला बन्नुपर्ने बताए । उनले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउन मद्दत गर्ने बताउदै शारिरिक र मानशिक रुपमा तन्दुरुस्त बन्नका लागि क्यासल दरिलो माध्यम बन्न सक्ने उल्लेख गरे ।खेलले मानिसलाई मनोरञ्जन दिने भएकाले मानसिक रुपमा पनि स्वस्थ्य रहन महत्वपुर्ण भुमिका खेल्ने मन्त्री गुरुङले बताए । उनले खेलकुद क्षेत्रको बिकास र मुलुक समृद्ध बनाउनका लागि सरकारले मात्र पहल गरेर नहुने बताउदै निजी लगानीको उल्लेख्य सहभागिताको खाँचो हुने उल्लेख गरे ।उनले बिकसित मुलुकको उदाहरण दिदै समृद्ध बन्नु पछाडी निजी लागानीकर्ताको महत्वपुर्ण भुमिका रहेको बताए । ‘आवश्यक कानुन बनाउने, सामाजिक क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गर्ने काम सरकारको हो । उनले भने, ‘आज म खुशी छु उद्घाटन भएको यो फुटसल अन्तराष्ट्रिय मापडण्ड अनुसारको नै रहेको छ ।’ पोखरामा रहेका अन्य जिम, फुटसल तथा फिजिकल सेन्टरहरुको तुलनामा स्पोर्टस् क्यासलमा रहेका फुटसल र व्यायामशाला अन्तराष्ट्रिय मापडण्ड अनुसारकै भएकाले खेलुकदको केन्द्र हुन सक्ने बताए । ‘यसले फिजिकल फिट्नेसको काममा महत्वपुर्ण योगदान दिनेछ । उनले भने, ‘प्रदेशकै निम्ति माईल स्टोनको रुपमा अगाडी बढ्न सक्नेछ भन्नेमा बिश्वस्त छु ।’ उनले खेलकुद बिकासको लागि निजी क्षेत्रसँग सधै सहकार्य गर्न प्रदेश सरकार सदैब तत्पर रहेको बताए । सोही कार्यक्रममा बिच ईन्डोनेसियामा सम्पन्न १८ औं एसियन खेलमा नेपालको तर्फबाट प्याराग्लाईडिङमा प्रतिनिधित्व गर्दै रजत पदक दिलाउन सफल भएको भन्दै प्रशिक्षक योगेश भट्टराईलाई खादा तथा दोसल्लाले सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिन्दु कुमार थापा, राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य राजेश गुरुङ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा ह्याण्डबलका केन्द्रिय अध्यक्ष तेज गुरुङ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा मिस एण्ड मिसेस फिटनेसका प्रतियोगिहरुद्वारा जुम्बा प्रस्तुत गरिएको थियो ।
क्यासलमा पुर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ (चन्द्र) सँगै अनमोल पालिखे, बिजया गुरुङ, राष्ट्रिय फुटसल प्रशिक्षक बिष्णु गुरुङ, बिशाल श्रेष्ठ, दिलिप कार्की, पवन गुरुङ (पङ्के) को संयुक्त लगानी रहेको छ । क्यासलका सञ्चालक ईश्वर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन निशा गुरुङले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->