शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

‘सेटिङ’ नमिले मात्रै भ्रष्टाचारको कुरा बाहिर : मन्त्री गुरुङ

‘सेटिङ’ नमिले मात्रै भ्रष्टाचारको कुरा बाहिर : मन्त्री गुरुङ


  • बालकृष्ण सुवेदी
  • भाद्र २१ २०७६, शनिबार

पोखरा, २१ भदौ –  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले न घुस खाने र दिनेको बिगबिगी भए पनि ‘सेटिङ’ नमिलेपछि मात्रै त्यो कुरा सार्वजनिक हुने गरेको बताएका छन् ।
‘सेटिङ मिलेसम्म घुसको कुरा बाहिर नआउने ,कुरो नमिल्दा मात्र बाहिर आउने’, शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा उनले भने,‘ त्यसैले यो कुरा राज्यले ढिलो थाहा मात्र पाउँछ ।’ उनले प्रविधिको अधिकतम प्रयोग तथा आधुनिक भुक्तानी प्रणाली लागू भएमा मात्र भ्रष्टाचार न्यूुिनकरण हुने धारणा समेत राखे । व्यवसायीहरुबीच रहेको अस्वस्थ प्रतिष्पर्धाले नै घुस खुवाउने प्रवृत्ति बढेको पनि उनको भनाई थियो ।
कम्प्यूटर एसोसिएशन नेपाल महासंघ ( क्यान ) कास्कीको १२ औ वार्षिक सभा तथा ८ औ अधिवेशनको उद्घघाटन समारोहमा बोल्दै उनले भ्रष्टाचार न्यूनीकरणका लागि प्रबिधिको प्रयोग महत्वपूर्ण हुने बताए । सूचना प्रविधिको अधिकतम् प्रयोगले भ्रष्टाचार नियन्त्रण र पारदर्शिता हुने उनले बताए । ‘प्रविधिको विकासले पारदर्शिता कायम हुन्छ तर प्रविधिको प्रयोग गर्न नागरिक पनि सक्षम हुनुपर्छ’उनले थपे ।
भ्रष्टाचार नियन्त्रणको लागि सबैभन्दा जिम्मेवार नागरिक समाजनै हुनुपर्ने मन्त्री गुरुङको भनाई थियो । सूचना र प्रविधिको विस्तारकालागि गण्डकी प्रदेश सरकार तयार रहेको भन्दै नयाँ प्रविधिको विकासको लागि क्यानलगायत निजी क्षेत्र तयार हुनुपर्ने उनले बताए ।
फरक प्रसंगमा मन्त्री गुरुङले विकशित देशहरु निजी क्षेत्रको लगानीले अघि बढेको बताउँदै निजी क्षेत्रसँग मिलेर गण्डकी सरकारले लगानीको वातावरण सिर्जना गर्ने बताए । ‘सरकारले नीति नियम बनाउने हो,लगानी गर्ने निजी क्षेत्रले नै हो’, उनले भने,‘निजी क्षेत्रसँग मिलेर जान सरकार तयार छ ।’
अनुदानको लागि मन्त्रालयमा घुइँचो लाग्ने तर सरकारसँग मिलेर काम गर्नको लागि कोही नआउने गरेको गुनासो गर्दै उनले अनुदानको लागि भन्दा सहकार्यको लागि आफूकहाँ आउन आग्रह गरे । कार्यक्रममा बोल्दै कम्प्यूटर एसोसिएशन नेपाल महासंघका केन्द्रीय सचिव जगनबहादुर गुरुङले प्रविधिको विकासहँुदै गर्दा प्राविधिक जनशक्तिको कमी भएको बताए । प्राविधिक जनशक्ति उत्पादनको लागि संघ ,प्रदेश र स्थानीय सरकारले चासो दिनुपर्ने उनको भनाई थियो पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत गंगालाल सुवेदीले सूचना प्रविधिले सेवा प्रवाह छिटो छरितो भएको बताउँदै वडा तहसम्म सूचना प्रविधिको बिस्तारमा महानगर लागेको जानकारी गराए । प्रविधिमैत्री सेवा प्रवाह र जनशक्ति तयार गर्न सरकारको ध्यान जानुपर्नेमा उनको जोड थियो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सूचना प्रविधिको विकासले नागरिकको जीवन स्तरमा परिवर्तन र सरलता भएको बताए । सरकारले सूचना प्रविधिको बिस्तार र नागरिकको पहुँच बढाउनेतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । भुक्तानीलाई डिजिटल बनाउन सकेमा कर छली र भ्रष्टाचारको कमी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->