शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

क्लवस्तरीय भलिबलमा टिजी र दोभा भिड्ने

क्लवस्तरीय भलिबलमा टिजी र दोभा भिड्ने


  • विजय नेपाली
  • भाद्र २१ २०७६, शनिबार

पोखरा,२१ भदौ – अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरामा जारी क्लवस्तरीय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको फाइनलमा टिजी गल्र्स र दोभा समाज भिड्ने भएका छन । शुक्रबार भएको सेमिफाइनल खेलमा टिजी गल्र्सले लामाचौर ‘ए’ लाई ३–० को सोझो सेटमा पाखा लगाउदै उपाधी नजिक पुगेको छ । टिजीले २५–११,२५–२२ र २५–५ को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा दोभा समाजले लामाचौर
‘बि’ लाई ३(० कै सोझो सेटमा हराउदै टिजीसँगको फाइनल भेट पक्का गरेको हो । दोभाले २५–१३,२५–२२ र २५–२२ को सोझो सेटमा हराउदै फाइनल प्रवेश गरेको हो । त्यस्तै प्रतियोगिता अन्तरगत पुरुष तर्फको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल एपीएफ ‘ए’ ले पोखरा भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा हराउदै पाइनल प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा एपीएफले २५–१८,२२–२५,२५–१७ र २५–१५ को सेटमा हराउदै फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच पोखरा भलिबल ट्रेनिङ सेन्टरका रामचन्द्र वि.क घोषित भए ।
त्यसतै अत्यन्तै प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनल खेल भने समय अभावका करण शनिबार हुनेभएको छ । दुई सेट आफ्नो पक्षमा पारेको एपीएफ ‘बि’ लाई तेस्रो सेटमा गल्कोट बाग्लुङले स्तब्ध पार्दा समय अभावको कारण शनिबार खेलाउने आयोजकले निर्णय गरेको हो । शुक्रबार नै हुने भनिएको पुरुष भेट्रान्स भलिबलको फाइनल खेल समय अभावले शनिबार नै गर्ने निर्णय भएको प्रतियोगिता संयोजक अनिल गुरुङले जानकारी दिए ।पोखराको नदिपुरस्थित कर्पाकेली समाज घर खेल मैदानमा जारी दोस्रो संस्करणको क्लब स्तरीय पुरुष ,महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता प्रतियोगिताको पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार ,उपबिजेता टिमलाइ शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गर्ने छन । महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २० र १४ हजार प्रदान गरिने छ भने भेट्रान्स तर्फको बिजेता तथा उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ रु १० हजार रुपैया प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->