शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

टुडिखेलमा बिश्वकर्मा कप जारी

टुडिखेलमा बिश्वकर्मा कप जारी


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७६, सोमबार

पोखरा,२३ भदौ – बिश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीको आयोजनामा पुरानो टुडिखेलमा जारी प्रथम बिश्वकर्मा कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन ७ खेल सम्पन्न भएका छन ।आईतबार सम्पन्न पहिलो चरणका खेलबाट नदीपुर एफ.सी, योङ स्टार क्लब, कस्केरी जुनियर, बौद्ध सिर्जना क्लब रामघाट, आयोजक टिम ‘सी’, फेदी एफ.सी र केबी गाईज बिजयी हुदै दोस्रो चरणमा प्रबेश गरेको आयोजक संस्थाका अध्यक्ष तथा प्रतियोगिता संयोजक जिवन बिश्वकर्माले जानकारी दिए ।उनका अनुसार पहिलो खेलमा लाहाचोक बि.टी एफ.सी लाई ३–० को गोल अन्तरले पराजित गर्याे । धम्पुुस एफ.सी र योङ स्टार क्लब बिच भएको दोस्रो खेल १ –१ को बराबरीमा सकिएपछि टाईबेकर मार्फत योङ स्टार बिजयी बन्दै अघिल्लो चरणमा प्रबेश गर्याे ।

त्यस्तै तेस्रो खेलमा लेकसाईडलाई कस्केरी जुनियरले २–० गोल अन्तरले पराजित गर्याे । चौथो खेलमा सिक्सटिन प्रोडक्शनलाई बौद्ध सिर्जना क्लब रामघाटले ५–१ को फराकिलो गोल अन्तरले पाखा लगायो ।पाँचौ खेलमा आयोजक टिम ‘सी’ ले भलाम एफ.सी लाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणको यात्रा तय गर्याे ।

छैटौ खेलमा भदौरे एफ.सी लाई फेदी एफ.सी ले ३–१ गोल अन्तरले पाखा लगायो भने अन्तिम खेलमा डेभिजफल्स एफ.सी लाई केबी गाईजले ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको स्थान सुरक्षित बनायो ।आगामी २८ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख १ हजार १ सय ११ रुपैया र उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५१ हजार १ सय ११ रुपैया प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा बिद्यागत रुपमा सर्बाेत्कृट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, तथा सर्बाधिक गोलकर्ता बन्न सफल खेलाडीलाई आकर्षक पुरस्कारको ब्यबस्था गरिएको समेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->