शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सौन्दर्यकला आधारभूत तालिम सम्पन्न

सौन्दर्यकला आधारभूत तालिम सम्पन्न


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७६, बुधबार

पोखरा,१ असोज – पोखरा महानरपालिका वडा १० ले वडाका किशोरी तथा महिलाहरुको लागि आधारभूत सौन्दर्यकला तालिम दिएको छ। आधारभूत तालिमको आयोजना गरिएको हो । । तीन महिने सो तालिममा १६ वर्ष देखि ३५ वर्षसम्मका ३५ जना महिलाको सहभागिता रहेको सामाजिक अभियन्ता निर्मला कार्की भण्डारीले बताइन ।
तालिमको समापन समारोहमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले तालिम दिए पनि कत्तिको सम्भावना छ छैन भनी दिँदा खेर जाने गरेको तर वडा १० मा आशा र रहरलाग्दो उमेर समुहलाइ तालिम दिएको बताइन् । उमेरले नेटो काटेपछिको महिलाहरुलाई तालिम दिने प्रवृत्तिको अन्त्य गर्दै युवाहरुको सहभागिताले उत्साह जागेको र सीप नै जिवनको आधारभूत मानेर आएर सीप सिकेपछि त्यसलाई पूर्णता दिन आग्रह गरिन् ।
‘सीप बेचेर खाछु भन्ने लक्ष्य लिएर हिड्नु पर्छ, यसका लागि योग्यता र क्षमता समेतसँगै लैजानुपर्छ’, गुरुङले बताइन् । वडा १० का वडा अध्यक्ष राजकुमार गुरुङले तालिम दिनुको उदेश्य जिउने आधारहरु को सुरूवात मात्र रहेको बताए । महिलालाई आत्मनिर्भर बनाउन वडाको तर्फबाट एडभान्स तालिम दिने प्रतिबद्धता समेत उनले व्यक्त गरे । कार्यक्रममा प्रशिक्षार्थी सरिता कँडेल,निशा मल्ल ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य दिपकबहादुर थापा, प्रशिक्षार्थी शान्ता गौतम,प्रशिक्षक बबिता कार्की लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->