मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

गृहमन्त्रीका भाइ नरेश थापा एक लाख धरौटीमा रिहा

गृहमन्त्रीका भाइ नरेश थापा एक लाख धरौटीमा रिहा

जिल्ला न्यायाधीश मेदीनीप्रसाद पौडेलको इजलासले मुद्दाको पुर्पक्षका लागि एक लाख धरौटी माग गरेको थियो।


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७६, बुधबार

काठमाडौं, १ असोज – काठमाडौं जिल्ला अदालतले गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशकुमार थापालाई एक लाख धरौटीमा रिहा गरेको छ। बुधबार जिल्ला न्यायाधीश मेदीनीप्रसाद पौडेलको इजलासले मुद्दाको पुर्पक्षका लागि एक लाख धरौटी माग गरेको थियो। धरौटी वापत नगदै बुझाएर थापा घर फिरेका छन्। थापाविरुद्ध आपराधिक लाभ र संगठित अपराधको अभियोगमा मुद्दा चलाइएको थियो। जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार हत्याका आरोपीसँग मोबाइल सम्पर्क भएको आधारमा थापालगायतका प्रतिवादीलाई सजायको मागसहित मुद्दा चलाइएको थियो। सोही मुद्दाका अन्य प्रतिवादी पवन खड्का, सुरेन नगरकोटी, शैलेश प्रजापति,  विनोद लामा, वीरबल भट्टराई र मनबहादुर पुन मगर भने पुर्पक्षका लागि जेल चलान भएका छन्। उनीहरु अन्तिम फैसला नभएसम्म थुनामै रहनेछन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->