पोखरा, २ असोज – राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान गण्डकीको असोज ३ गते हुन गईरहेको अधिबेशमा अध्यक्ष पदका लागि सुरेन्द्र गुरुङले घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गरी उनले गण्डकीको अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका हुन् । लोक तथा दोहोरी गीत गाउने कलाकारहरुको श्रमको अबमुल्यन भएको भन्दै आफुले सुधार गर्नका लागि अध्यक्ष पदमा उमेद्वारी दिने बताए । उनले पत्रकारहरुलाई अपिल गर्दै सुरेन्द्रले आफु अध्यक्ष पदमा निर्वाचित भएमा कलाकारको सुचि तथा श्रेणी बिभाजन गर्ने, प्रतिष्ठानको भवन निर्माण गर्ने, कामको आधारमा कलाकारहरुलाई पुरस्कृत गर्ने, संगित रोयल्टी समाज,नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयसंग समन्वय गरी कार्यक्रमहरुको आयोजना गर्ने, कल्याणकारी कोषको प्रभावकारी संचालन र ब्यवस्थापन गर्ने, प्रतिष्ठानको संरक्षक पोखरा महानगरपालिकालाई जिम्मेवार बनाउने, मेला तथा महोत्सवमा हुने ठेकेदारी प्रथाबाट कलाकारहरुको पारिश्रमिकमा हुने शोषणको अन्त्य गर्ने, गण्डकी प्रदेश भित्रका परम्परागत भाषा भाष्ीका गीतको संरक्षण गर्ने, बृहद सास्कृतिक महोत्सवको आयोजना गर्ने, लोक दोहोरी गीतका संकलक बाद्यबादक संरक्षण गरी एकिकृत गर्दै लैजाने, लगायतका २२ बुदा प्रतिवद्धता जनाएका छन् ।
बिगत १५ बर्ष देखि लोक तथा दोहोरी गीत प्रतिष्ठानमा रहेर बिभिन्न पद हुदै गण्डकीको कोषाध्यक्ष समेत रहेका गुरुङले हुरी बतास, झुल्के घाम डाडैमा, खबर लगायत दर्जनौ गीतहरु गाईसकेका छन् । उनले गुरुङ भाषाका गीत गीत गाएर संस्कृतिको संरक्षमा पनि जोड दिएका छन् ।





