पोखरा, २ असोज – नेपाल सेभेन ए साइड फुटवल महासंघले दशैको अवसरमा मिडिया कप सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ ।
दशैको अवसरमा पोखरामा आबद्ध मिडिया र सेभेन ए साइड महासंघ बिचको भाइचार सम्बन्ध बढाउन प्रतियोगिताको आयोजना गरिएको नेपाल सेभेन ए साइड महासंघ कास्कीका अध्यक्ष नविन पुनले बताए । प्रतियोगिताका बारेमा जानकारी दिंदै प्रतियोगितामा भाग लिई कार्यक्रम सफल पारिदिन यहाँका सञ्चारगृहहरुलाई आग्रह समेत गरे । “ हामिले हाम्रो संस्थालाइ क्रियाशिल बनाउनको लागि प्रतियोगिताको आयोजना गरेका छौ, कास्कीमा आबद्ध मिडियाहरुको सहभागिता रहने आशा गरेका छौ“ अध्यक्ष पुनले बताए ।
सोही क्रममा बोल्दै पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले महासंघमा मात्र आबद्ध नभइ पोखरामा क्रियाशिल पत्रकारहरुलाइ समेत अवसर दिनुपर्ने बताए । प्रतियोगिता जितको लागि भन्दा पनि भावना साट्ने किसिमको हुनुपर्ने उनले बताए ।
असोज ९ देखि १२ गते सम्म हुने प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार र द्वितिय हुनेले नगद २५ हजार रुपैयाँ सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्नेछन । भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार रहेको छ ।
त्यस्तै, प्रतियोगिताको फाइनल खेल अगाडी पोखराका कार्यरत सञ्चारकर्मी महिला तथा पोखरा उद्योग बाणिज्य संघका महिला उद्यमीविच मैत्रिपूर्ण खेल समेत हुने उनले जानकारी दिए ।
प्रतियोगिताका नियमहरुबारे जानकारी दिंदै महासंघका महासचिव डिवि नेपालीले दर्ता शुल्क २५ सय रहेको र एउटै सञ्चारगृहबाट टिम पुग्न नसक्ने हुँदा बढिमा ४ वटा सञ्चारगृहहरु मिलेर संयुक्त टिम बनाउन सक्ने उनले बताए ।





