शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघलाई

पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघलाई


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०७६, शनिबार

पोखरा, ४ असोज – पोखरा उद्योग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्ने ‘ पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान–२०७६’ बाट पोखरा फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघ, कास्की सम्मानित हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बसन्त उदास संयोजक रहेको छनौट समितिले सो निर्णय गरेको हो । छनौट समितिमा संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापति, महासचिव अर्जुन पोखरेल तथा सफल उद्यमीद्वय राजेन्द्रकुमार बाटाजु र विमल श्रेष्ठ रहेका थिए ।

संघले ६ वर्षअघि आफू मातहतका बस्तुगत संघहरुलाई प्रोत्साहन गर्ने हेतुले यो सम्मान स्थापना गरेको हो । यसअघि यो सम्मानबाट पोखरा हार्डवयर एसोसियन कास्की र फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्की सम्मानित भइसकेका छन् । संघको शनिबार सम्पन्न हुने ६५ औँ अधिवेशनको अवसरमा संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाबाट फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीलाई सम्मानित गर्ने कार्यक्रम रहेको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->