पोखरा ४ असोज – छैटौ अन्तर लायन्स सेभेन ए साईड फुटवल प्रतियोगिता शुरुभएको छ । लायन्स क्लब अन्तरास्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्र्तगतको क्लब, लायन्स क्लब अफ पोखरा पिस सिटीले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिता अन्तर्गत शुक्रवार प्रीक्वाटरफाइनल तथा क्वाटरफाइनलका सम्पुर्ण खेलहरु समपन्न भएका छन ।
शुक्रवार समपन्न क्वाटरफाइनल खेलमा डाउटाउनले गार्डेन सिटिलाइ ४(२ गोल हराउदै सेमिफाइनल प्रवेश गरेको छ । दोस्रो खेलमा हेम्जाले मुनाललाइ ४(० को फराकिलो गोल अन्तरले पाखा लगाउदै अन्तिम चारमा प्रवेश गरेको हो त्यस्तै तेस्रो क्वाटरफाइनल खेलमा माछापुच्छ्रेले सेन्ट्रल सिटिलाइ ५(० को फराकिलो गोलले पाखा लगाउदै सेमिफाइनलको यात्रा तय गरेको छ भने अन्तिम क्वाटरफाइनल खेलमा खेलमा ग्लोबल लेकसिटिले टाइब्रेकरमा हेल्पफुल हेण्डलाइ हराउदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
यस अघि समपन्न प्रीक्वाटरफाइनल खेलमा लायंस क्लब अफ काठमाँड़ौ एभरेस्ट सनसाइनलाई लायंस क्लब अफ पोखरा डाउन टाउनले ८( ० , लायंस क्लब अफ हेम्जाले पिस सेण्ट्रलसिटीलाई ८(५,
लायंस क्लब अफ पोखरा हेल्पफÞुल हेण्डले सुन्दर नगरीलाई ट्राईबेकरमा र लायंस क्लब अफ पोखरा ग्लोबल लेकसिटीले आयोजक पिस सिटीलाई पनि ट्राईबेकरमा हराएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै पुर्व खानेपानी तथा योजना मन्त्री उत्तम पुनले लायन्स क्लब विशुद्ध रुपमा सामाजिक क्षेत्रमा लाग्नुपर्ने बताए । हरेक व्यक्तीले जुनसुकै पार्टीमा आस्था राखेपनी सामाजिक कार्य गर्नको लागि कुनैपनी किसिमको राजनिती नगर्न आग्रह गरे । तत्कालीन अवस्थामा सामाजिक कार्य गर्न निकै कठिन रहेको समयमा पोखरामा लायन्स भित्र्याउन ठुलो मेहनत गर्नु परेको बताए । आफुलाइ जुन सुकै पार्टीमा जोडेपनी विशुद्ध रुपमा सामाजिक कार्यमै जीवन व्यतित गर्ने बताए । लायंस डिष्ट्रिक्ट ३२५ बी १ नेपाल द्वित्तिय भाईस गभर्नर बिशेश्वर आचार्य, जिएलटी को अर्डिनेटर किशोर बराल, लायंस क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष अर्जुन सिग्देल, प्रतियोगिता संयोजक क्लबका पूर्व अध्यक्ष टंकराज अधिकारी, संस्थापक अध्यक्ष सुदीपराज ढुगाना, प्रथम उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिव युवराज खनाल लगायतले आफ्नो धारणा राखेका थिए ।
प्रतियोगितामा प्रथम टिमलाई रु ४० हजार ५५५ नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ भने दोश्रो हुनेले रु २५ हजार ५५५ नगदसहित ट्रफि र प्रमाणपत्र पाँउनेछ । त्यस्तै अनुशासित टिम, उत्कृष्ट खेलाडी, सर्वा्िधक गोल कर्ता, उत्कृष्ठ डिफेन्स र उत्कृष्ट गोल रक्षकलाई पनि पुरस्कृत गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग बियर र प्रायोजकमा महालक्ष्मी वायर एण्ड केबल इण्डट्रीज प्रालि रहेको छ ।





