पोखरा, ४ असोज – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सवै महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो । काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् । ललितपुरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखराको अध्यक्षमा दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् । भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र, सचिव ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन् । बैठकले चारवटा महानगरमा पूर्व एमाले र दुईवटामा पूर्व माओवादीका नेताहरु पर्नेगरी महानगरको नेतृत्व टुंग्याएको हो । पार्टी एकताका अरु बाँकी काम छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपाले अब विभिन्न आयोगहरु, मञ्च, परिषद् र प्रवास कमिटीको नेतृत्व टुंगो लगाउन बाँकी छ।





