पोखरा,४ असोज – पोखरा महानगरपालिका वडा नम्वर ९ शान्तिवन नाला, प्रतिक्षालय तथा सोलार लाईट जडान उपभोतmा समितीको आयोजनामा सनिवार नाला प्रतिक्षालय तथा सोलार लाईटको उद्वघाटन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमलाई रिवन काटेर उद्वघाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले प्रदेश सरकारले विकासको सवालमा महशुस हुने गरि काम गरिरहेको वताउदै जनतामा अव निरास हुनु पर्ने अवस्था नरहेको वताईन् । सवै तहका सरकारले समाजमा सकारात्मक परिवर्तनका लागी योजनाका साथ अगाडी वढीरहेको वताउदै सवै यस योजनालाई सफल वनाउन लाग्न सके विकास वाट सुखी नेपाली संमृद्ध नेपालको महाअभियान साकार पार्न सकिने वताईन् ।कार्यक्रममा प्रदेस सभा सदस्य विन्दु कुमार थापाले समाजलाई सहि दिसा दिन विकासले भुमिका खेल्ने वताउदै सकारात्मक भई विकासमा लाग्न सवैलाइै आग्रह गरे ।सामुदायीक सेवा जिल्ला समन्वय समिती कास्कीका सचिव उत्तम जोसीले विकासमा सवैले साथ दिए समाज छिटै राम्रो हुने वताए ।समाजसेवी गोपी तुलाचनले नेपाल कम्युनिष्ट पार्टी नेकपा को वलियो सरकारले सुकुम्वासी समस्याका वारेमा सुकुम्वासीहरुलाई जग्गाको मालीक वनाउने योजना अगाडी वढाईरहेको वताए ।कार्यक्रममा वुद्धिजिवी दामोदर शर्मा ,वाल गोपाल अमात्य , दिलमाया गुरुङ, प्रेम गुरुङल, विष्णु माया श्रेष्ठ ,विष्णु भट्टराई लगायतले शुभकामना व्यतm गरेका थिए । वलराम पहारीले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
२०७५ सालमा संघिय सांस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्रालयवाट सोलार वति जडानका लागी पन्ध्र लाख रुपैया विनियोजित भएको र कास्की क्षेत्र नम्वर २ पुर्वाधार विकास कार्यक्रमवाट नाला निर्माण, प्रतिक्षालय निर्माण तथा शान्तीदर्शन पार्क मर्मतका लागी विस लाख रुपैया विनियोजित भएको सचिव प्रकाश शर्माले वताए ।कार्यक्रममा सहयोग गर्नु हुने समाजसेवी प्रेम पहारी ,प्रकाश पहारी , दामोदर शर्मा,प्रेम गरुङ, शिव तिवारी,कृष्णमाया चौधरी, रामवहादुर विक, दुर्गा प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद साह, प्रतिमा गुरुङ लगायतलाई सम्मानपत्र दोसल्ला र टिकाले सम्मान गरिएको थियो ।





