शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

काँडे बजारमा एक घर एक धारा

काँडे बजारमा एक घर एक धारा


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७६, सोमबार

पोखरा,६ असोज -अन्नपूर्ण ३ स्थित काँडे बजारमा एक घर एक धारा निर्माण गरिएको छ । त्यहाँका कुल ४७ घरधुरीमा धारा निर्माण गरिएको हो ।कार्यक्रमको  गाउँपालिका अध्यक्ष युवराज कुँवरले उद्घाटन गरे ।

कार्यक्रमका बोल्दै अध्यक्ष कुँवरले पानीलाई जीविकोपार्जनसँग जोड्नुपर्ने भन्दै उपभोक्ता समितिको सक्रियताको प्रशम्सा पनि गरे ।उनले काँडेवासीलाई सरसफाईमा विशेष चनाखो रहन आग्रह गर्दै काँडेमा पार्क निर्माणको तयारी भइरहेको पनि जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोषकान्त पौडेलले खानेपानीको दिगो व्यवस्थापनका लागि गाउँवासी लाग्नुपर्ने बताए ।उनले छोटो समयमा योजना सम्पन्न गरेको भन्दै निर्माण समितिलाई धन्यवाद पनि दिए ।

वडाध्यक्ष चन्द्रबहादुर गुरुङले पानीलाई अर्थोपार्जनसँग जोड्नुपर्ने भन्दै पानीको सदुपयोग गर्न आग्रह गरे ।अव वडाका करीव तीन सय घरधुरीमा धारा निर्माण गर्न बाँकी रहेको बताएका वडाध्यक्ष गुरुङले वडाका कामवारे चाँसो राख्न पनि काँडेवासीमा अनुरोध गरे।

कार्यक्रमका बीच उपभोक्ता समितिका सदस्य गुरुदत्त भारतीले काँडेमा खानेपानीको विगतदेखिको अवस्थाका बारेमा प्रकाश पारेका थिए ।कोषाध्यक्ष धिरबहादुर गुरुङले गाउँपालिकाको अनुदान सहयोग, स्थानीय काँडे बराह आमा समूह र प्रत्येक घरघुरीबाट रु. ७ हजारका दरले अर्थ संकलन गरी योजनालाई पूर्णता दिइएको बताए।

काँडे बराह आमा समूहकी उपाध्यक्ष अम्बिका गुरुङले विगतमा पानीका लागि मेरो वा तेरो पालो भन्नुपरेको भन्दै घरघरै धारा पुगेपछि सामाजिक सद्भाव थप कायम हुने विश्वास व्यक्त गरिन् ।सो अवसरमा उपभोक्ता समितिका अध्यक्ष राजु गुरुङ, सदस्य केशवकुमार विजुक्छे लगायतले पनि धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->