बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा कार र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु

नवलपुरमा कार र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०७६, मंगलबार

कावासोती,७ असोज – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा गएराति ठोक्किँदा कारमा सवार व्यक्तिहरुको मृत्यु भएको हो । मृत्यु हुने सबै पुरुष छन् ।
प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली-५ का दिलबहादुर ढेंगामगर र कैलालीका सुरज राना मगरको सनाखत भएको छ । अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ढोका फोडेर बाहिर निकालेर गम्भीर अवस्थामा चितवन पठाएका तर उनीहरु पाँचै जनालाई अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->