बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

महाविपद प्रभावितलाई देवचुलीको ८ लाख

महाविपद प्रभावितलाई देवचुलीको ८ लाख

कोषमा नगरपालिकाको तर्फबाट ४ लाख र जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट ४ लाख


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८३, बिहिबार

नवलपुर / नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकाले बुधबार आएको बाढीबाट प्रभावितको सहायतका लागि ८ लाख सहयोग गर्ने भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगरपालिकाको तर्फबाट ४ लाख र जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट ४ लाख गरी ८ लाख सहयोग गर्ने निर्णय भएको हो ।

नेपाल सरकारले चलाएको उद्धार तथा राहत अभियानमा सहयोग गर्ने नगर कार्यपालिकाको बिहीबारको बैठकले निर्णय गरेको मेयर हरिप्रसाद न्यौपानेले जानकारी दिए । भोटेकोशी नदीमा अचानक आएको भीषण बाढी, पहिरोका कारण भएको मानवीय र भौतिक संरचनाको क्षति तथा जनजीवनमा परेको गम्भीर प्रभावप्रति देवचुली नगरपालिकाले परिवार गहिरो दुःख व्यक्त गरेको छ ।

विपद्का बेला प्रभावित परिवारलाई आवश्यक सहयोग र विपद् व्यवस्थापनका कार्यमा सहयोग, समन्वय र सहकार्य गर्दै आग्रह गर्दै मेयर न्यौपानेले घटनामा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->