शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बिरौटामा डेंगु सचेतना कार्यक्रम

बिरौटामा डेंगु सचेतना कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७६, बुधबार

पोखरा,८ असोज –  विभिन्न लायन्स क्लबहरुको संयुक्त आयोजनामा पोखराको बिरौटामा डेंगु सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा फेवा सिटी, स्मार्ट टाउन, वाराही टाउन, मिड टाउन र वर्किङ टुगेदरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा कार्यक्रममा
डेंगु रोगको बारे छलफल , निवारणका उपायको खोजी र ३र दैलो अभियानसमेत गरिएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष तीर्थराज अधिकारीले पोखरामा पछिल्लो समय डेंगु रोग बढेकाले सचेतना कार्यक्रमहरु सञ्चालन हुन राम्रो पक्ष भएको बताए । लायन्ससँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको उनले बताए ।
कार्यक्रममा लायन्सका क्लस्टर प्रमुख शिवराज आचार्य, रिजन चियरपर्सन लक्ष्मी बराल, जोन चियरपर्सन ठाकुरप्रसाद अधिकारी, वडा सदस्यहरु शान्ता देवि गुरुङ, वैैकुण्ठ भन्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->